कोरोना रोकथाम राहत कोषबाट अहिलेसम्म ६ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ। उक्त कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ राखेको थियो। स्वेच्छिक सहयोग ३ करोड ३१ लाख रुपैयाँ जुटेको थियो।
सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा उक्त कोष सञ्चालक भइरहेको छ। समितिमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत अरु मन्त्रालयका अधिकारी पनि सदस्य छन्। समितिका एक सदस्यका अनुसार प्रदेश आपूर्ति केन्द्रलाई कोषबाट ५ करोड ७ लाख रुपैयाँ उपलब्ध गराइएको छ। यो शीर्षकको खर्च सबैभन्दा ठूलो हो।
कोषबाट बागलुङको धौलागिरि अस्पतालमा आइसियु बनाउन ६० लाख र कर्मचारी राख्न ४ लाख रुपैयाँ २३ हजार रुपैयाँ उपलब्ध भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आन्तरिक व्यवस्थापनका लागि ५० लाख रुपैयाँ दिइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले कोषबाट ३ लाख ७८ हजार रुपैयाँ पाएको छ। यी मुख्य शीर्षकबाहेकमा पनि खर्च भएको छ।