Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बालुवा तस्करी रोक्न खोज्ने प्रहरी निरीक्षकको सरुवा


लकडाउनका बेला बालुवा तस्करी रोक्न खोज्ने प्रहरी निरीक्षकको सरुवा भएको छ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीबाट लकडाउनको बेला बालुवा तस्करी गर्नेलाई रोक्दा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको सरुवा भएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्वत पठाएर उनको ठाउँमा  विकास थापाको काज सरुवा भएको छ । सुवेदी ५ महिनाअघि मात्र काठमाडौं प्रहरी परिसरबाट तनहुँ सरुवा भएका थिए ।

सुवेदीको टोलीले २ जेठमा मर्स्याङ्दी नदीबाट राति बालुवा तस्करी गर्दैगर्दा ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएका थिए । ती ट्रयाक्टर छोड्न गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमानको चर्को दबाब आएको र नमान्दा सरुवा गरिएको गण्डकी प्रदेश प्रहरी स्राेतकाे भनाइ छ ।

यसअघि काठमाडौंको कपन प्रभागकी प्रहरी निरीक्षक सुरक्षा केसीको समेत काजसरुवा गरिएकाे थियाे । उनलाई बालुवा उत्खननको विषयमा नगरपालिकासँग विवाद हुँदा ५ महिनामै काज सरुवा गरिएको थियो । प्रहरीमा कार्यरत कार्यालयमा १ वर्ष पुगेपछि मात्र सरुवा गर्ने प्रावधान छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 25, 2020 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
%d bloggers like this: