काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत चीनबाट मेडिकल सामग्री खरिद विषयमा अलीसमेतको संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले सो अनलाइन न्युज पोर्टल अनधिकृत नियन्त्रणमा लिएर समाचार हटाएको आरोप छ।
काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि उनले न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाएको बताए। उनले यो विषय अन्यन्तै गम्भीर भएकाले आफू न्यायिक प्रक्रियामा जाने जनाए।