काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९* वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती संक्रमित बागलुङकी हुन् । १९वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्यूआर ६५२ फ्लाइबाट आएकी थिइन्। काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केशरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटालेबताए।