अमर कंडेल/
मा काभ्रेको अर्जुन लामाको हत्याको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाप्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् । कम्यनिष्ट पार्टीको बहुमत रहेको नेपालको संसदमा हत्याको आरोप हुदाँ हुदाँ पनी शक्तिशाली कम्युनिष्ट पार्टीका नेताहरुको इच्छाअनुसार सापकोटालाई सभामुखमा चयन गरेको हो। सापकोटा सभामुखमा चयन भएसंगै विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुले विरोध जनाएको छ । हत्याको आरोप र अदालतमा मुद्दा भएको व्यक्ति सभामुख हुदाँ नेपालको कम्युनिष्टहरुले विश्वमा नेपालको वेइज्जत गरेको मानवअधिकारवादी तथा अधिवक्ता दिनेश क्रिपाठीले बताएका छन् । उनले हत्या भएका अर्जुन लामाको परिवारको पक्षमा बोल्दै आएका छन् । यता नेपालका लागि वेलायती राजदुत निकोला पोलिटले पनि प्रतिक्रिया दिदै भनेकी छिन् वेलायतमा कुनैपनी मुद्दा अदालतमा विचारधिन अवस्थामा रहेको व्यक्ति संसदको सभामुख हुन नसक्ने बताउनुभएको छ । सत्ता र शक्तिको आडमा नेपालको कम्युनिष्ट पार्टीले नियमहरु मिच्दै देशलाई नोक्सान हुने निर्णय गर्दै जान थालेको छ । बहुमतको आडमा सरकार विरोधी व्यक्तिहरुलाई फसाउदै जाने र कम्युनिष्ट पार्टीका भ्रस्टचारी नेता कार्यकर्ताहरुलाई जोगाउदै सरकारको विभिन्न पदहरु दिन थालेको छ । हत्याको आरोप नै लागेको व्यक्ति नै सभामुख भएपछी नेपालको जनताहरुमा एक किसिमको डर पैदा भएको छ । नेपालको प्रधानमन्त्री वोलीले दिएको विभिन्न वक्तव्यले के पुष्टि हुन्छ भने अब नेपालमा सर्वसाधरण नागरिकहरुले स्वतन्त्र रुपमा वोल्न पनी विचार गर्नुपर्ने अवस्था आएको छ ।