प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ।
संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन्।
ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादकपदार्थ सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए।
उहाँले फोनमा म कोठामा आउँछु भन्नुभयो। मेरो श्रीमान् तनहुँ जानुभएको थियो। मैले अहिले नआउनुहोस्, आउने भए ड्रिंक्स नखाइकन आउनुहोला भनें। उहाँ ८ बजे मेरो कोठामा आउनुभयो। उहाँ खाएर आउनुभएको थियो,’ उनले भनेकी छन्।
महराले आफ्नो कोठामा आएर पनि मादक पदार्थ सेवन गरेको र आफूलाई जबजजस्ती करणी गरेको महिलाले बताएकी छन्। उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन्।
‘उहाँले मुक्काले गालामा हान्नुभयो। विभिन्न ठाउँमा डामहरू छन्,’ ती कर्मचारीले भनेकी छन्।
आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्पा भुसाललाई मेसेज गरेर जानकारी गराएको बताएकी छन्। आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको उनको भनाइ छ।
महराले सोमबार बिहान आफूलाई ‘फरगेट एस्टरडे’ भन्ने मेसेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेको तो महिला कर्मचारीले बताइन्।