Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पोखरा–मुग्लिङ सडक छ लेनको बनाइँदै


विशन क्षेत्री/ brahahkhari.com

गण्डकी प्रदेशको प्रवेशद्वार पोखरा–मुग्लिङ सडक विस्तारमा एडीबीले चासो देखाएको छ । एडीबीको ऋण सहायतामा विस्तार हुने पृथ्वी राजमार्ग अन्तर्गतको यो सडकखण्डको लम्बाई ८८ किलोमिटर छ । अनुमानित लागतसहितको डीपीआर पनि सकिइसकेको छ ।प्रदेशको लाइफलाइनको रुपमा लिइएको सडक दुईचरणमा निर्माण हुने जनाइएको छ । पहिलो चरणअन्तर्गत आबुखैरेनी–पोखराको ८० किलोमिटर लामो सडकखण्डको डीपीआर पनि सकिइसकेको छ । दोस्रो चरणको आबुखैरनी–मुग्लिङ खण्डअन्तर्गत आठ किमी सडकको डीपीआर भने बाँकी नै छ ।4239DC32-085F-4B90-930F-9F6C009E9AEB

 

यो खण्डमा भीर तथा पहराका कारण साविकको दुई लेनको बाटो कायमै राख्ने र मुग्लिङदेखि नै अर्को मोटरेबल पुल हालेर मर्स्याङ्दीको पारिपट्टिबाट दुई लेनको अतिरिक्त सडक विस्तार गर्ने योजना छ । नयाँ निर्माण हुने सडक आबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत गृहको आसपासमा अर्को मोटरेबल पुलमार्फत साविककै सडकमा जोडिनेछ जलविद्युत् गृह सडक किनारामै भएकाले उक्त क्षेत्रमा चार लेनको सडक विस्तार गर्न सम्भव देखिएको थिएन । त्यसको विकल्पमा मर्स्याङ्दी नदीको दुबै किनारामा सडक बनाउन पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । गत चैतको मन्त्रिपरिषद बैठकले दुई लेनको सडक निर्माण गर्न स्वीकृतिसमेत दिइसकेको छ ।

आबुखैरेनीदेखि पोखरासम्मको सडक भने ६ लेनको बन्नेछ । एडीबीको ऋण सहयोगमा निर्माण हुने यो सडकको निरीक्षणको लागि उच्चस्तरीय समितिसमेत नेपालमा आएको छ । निरीक्षणपश्चात टोलीले एडीबी मुख्यालयमा पेश गर्ने र थप प्रक्रिया अगाडि बढ्ने परियोजना प्रबन्धक दीपक श्रेष्ठले जानकारी दिए ।
“मौखिक प्रक्रिया अगाडि बढिसक्यो, अब छिटै नै एडीबीले स्वीकृति दिएपछि टेण्डरतर्फ लाग्छौँ”, उनले भने ।

२७ अर्ब लगानी

दुई चरणमा विस्तार हुने ८८ किलोमिटर लामो सडकखण्डको लागि २७ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । परियोजना प्रबन्धक श्रेष्ठका अनुसार दुईवटा प्याकेजमा सडकमा मात्रै करिब नौ अर्ब र ११ अर्ब रुपैयाँ खर्च हुनेछ । मादी र सेती नदीमा आकर्षक पुल निर्माणमा पाँच अर्बभन्दा बढी लाग्नेछ ।

सडकको चौडाई भने जनघनत्व र भूगोलको आधारमा फरकफरक हुनेछ । सडक १८ देखि ४२ मिटरसम्म विस्तारित हुनेछ । सडकको दायाँबायाँ सात–सात मिटरसम्म फराकिलो हुनेछ । एउटा लेन साढे तीन मिटर लामो र मुख्य सडकलाई एक अर्काबाट छुट्याउन एक मिटरको मेडियन हुन्छ । आकास्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ ।

सडकको दुवै तर्फ छ–छ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ । पैदल यात्रुका लागि दुई–दुई मिटरको फुटपाथ हुन्छ । डिजाइन एण्ड बिल्ड ‘मास्टर बिल्डर’ अवधारणामा निर्माण हुने सडकको सन् २०१९ भित्र सडक निर्माणको ऋण सम्झौता हुन सक्ने परियोजना प्रबन्धक श्रेष्ठले जानकारी दिए ।

सडकखण्ड अन्तर्गत कुल आठवटा खोलाहरुमा पुल बनाइनेछ । धारापानी खोला, खानीखोला, नालाखोला, माग्दी, कुम्लेसहित कोत्रे, विजयपुर खोलामा मोटरेबल पुलको प्रस्ताव गरिएको छ । प्राथमिकतामा राखिएका यी पुलहरु नयाँ निर्माण हुनेछन् भने ३१ वटा पुलहरु सडकको दुईतर्फ विस्तार गरिने जनाइएको छ । सडकखण्डमा कुल दुई सय ९२ वटा कल्भर्ट निर्माण हुनेछन् । परियोजना प्रबन्धक श्रेष्ठले ६२ वटा पाइप कल्भर्ट र दुई सय ३० वटा स्लाब निर्माण हुने जानकारी दिए ।

चार अर्बमा मादीमा नमुना पुल

परियोजनाले तनहुँस्थित मादीनदीमा नमुना पुल निर्माण गर्ने योजना पनि समावेश गरिएको छ । यो पुल तीन सय १५ मिटर लामो हुनेछ भने कलात्मक तरिकाले निर्माण गर्ने उल्लेख गरिएको छ । यसको मात्रै कुल लागत चार अर्ब अनुमान गरिएको छ । तर, यस विषयमा भने छलफल चलिरहेको श्रेष्ठले जानकारी दिए । मादीबाहेक सेती नदीमा पनि एक सय ८० मिटर लामो पुल बन्नेछ । यी दुई पुलको लागत मात्रै ५ अर्बभन्दा माथि छ ।

आठ सय ६० घरटहरा हटाइने

विस्तृत परियोजना प्रतिवेदनका अनुसार मुग्लिङदेखि पोखरासम्म सडक विस्तार गर्दा दायाँबायाँका आठ सय ६० घरटहरा भने हट्नेछन् । यसबापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति भने दिइनेछ । परियोजनाले यसलाई नै सडक विस्तारको मुख्य चुनौतीका रुपमा लिएको छ । मुग्लिङदेखि डुम्रेसम्मका दुई सय ३७, डुम्रेदेखि दमौलीसम्म ९८, दमौलीदेखि खैरेनीटारसम्म दुई सय ६७ र खैरेनीटारदेखि पोखरासम्म दुई सय ५८ वटा घरटहरा हटाउनुपर्ने विवरण प्रतिवेदनमा उल्लेख छ । यस्तै टेलिफोन र बिजुलीका तीन हजार एक सय ४९ वटा पोलहरु प्नि हटाउनुपर्ने देखिएको छ ।

२७ लाख घनमिटर ढुंगागिट्टी आवश्यक

सडक विस्तारको क्रममा करिब २७ लाख घनमिटर ढुंगागिट्टी खपत हुने भएको छ । ग्राभेलदेखि कालोपत्रे, मोटरेबल पुल निर्माण, नाली, कल्भर्टलगायतका कार्यका लागि उक्त परिमाणमा ढुंगागिट्टी खपत हुने प्रतिवेदनले देखाएको छ । परियोजनाले कोत्रे, मादी र मस्र्याङदीबाट आवश्यक ढुंगागिट्टी उत्खनन् गर्न सकिने उल्लेख गरेको छ । तर, त्यसको लागि वातावरणीय मूल्यांकन आवश्यक पर्नेछ । पहिले राजमार्ग बनिसकेको हुँदा आईई गर्नुनपर्ने र आईई मात्र गरे पुग्ने परियोजना प्रबन्धक श्रेष्ठको भनाई छ ।

मंगलबार एडीबीको सात सदस्यीय प्रतिनिधीसहितको छलफलमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारकोतर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशमा तह–तमा प्रहरी आइसकेपछि सडक विस्तार कार्यलाई सुरक्षादेखि घरटहरा हटाउन समेत सहयोग गर्ने उनले जनाएका छन् । “हाम्रो मातहतमा प्रहरी आइसकेपछि आवश्यक सुरक्षा दिने प्रतिबद्धता गर्दछु”, उनले भने ।

तर, एडीबीको प्रक्रियामुखी कार्यमा भने उनले असन्तुष्टि जनाए । “एडीबीमा एकदमै कर्मचारीतन्त्र छ, केही कामको लागि मनिला नै पुग्नुपर्ने, त्यसको झन्झटिलो प्रक्रियाका कारण योजनामा ढिलाइ हुने गरेको छ” उनले भने, “तर पनि हामीले हाम्रो तर्फबाट हुने सबै सहयोग गर्छौँ ।” गण्डकी सरकारको नीति अनुसार तनहुँको आबुखैरेनीलाई स्याटेलाइट सिटीको रुपमा विस्तार गरिने हुँदा उक्त क्षेत्रमा ६ लेनको सडक नै बनाउन उनले आग्रह गरे । त्यसबाट बढ्ने लागतको विषयमा नेपाल सरकारसँग कुरा गर्ने उनले जनाए ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 29, 2019 by in स्थानीय समाचार/local news.

Navigation

%d bloggers like this: