काठमाडौं । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।
उद्योग विभागमा नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए । त्यस क्रममा मन्त्री यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको हो । कांग्रेस निकट कर्मचारीहरुले शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गराउन चाहेका थिए ।