आँबुखैरेनी, ११ माघ । तनहुँको आँबुखैरेनीमा हिजोबाट सुरु भएको ५ दिने राजयोग प्रशिक्षण शिविर आज दोस्रो दिन पनि जारी छ । ब्रह्मकुमारी राजयोग ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र आँबुखैरेनीको आयोजनामा सो राजयोग प्रशिक्षण शिविर सुरु भएको हो । शिविरको एक समारोहकाबीच प्रदेश सभा सदस्य हरि बहादुर चुमानले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुमानले आफ्नो मनको शद्धिकरण गर्न र जिवनको वास्तविक खुसी खोज्न कतै जान नपर्ने बताउनुभएको छ । यसको लागि एक पटक आँबुखैरेनीमा संचालन भैरहेको राजयोग शिविरमा सबैलाई सहभागि हुन आग्रह गर्नुभएको छ । आगामी माघ १४ गते सम्म चल्ने राजयोग शिविरमा ख्याति प्राप्त प्रशिक्षक राजु घलेले सकरात्मक सोचको विकास, सन्तुलित जिवन, वास्तविक खुसी, तनाव मुक्त जिवन लगाएतका बिषयमा प्रशिक्षण दिईरहनुभएको केन्द्रकी संचालिका इन्द्रीरा पौंड्यालले जानकारी दिनुभएको छ ।