आँबखैरेनी, ८ पुस । लायन्स क्लब अफ आँबखैरेनी सिटीले आज पनि एउटा विद्यालयका विद्यार्थीहरुको निः शुल्क मृगौंला परिक्षण गरेको छ । आँबुखैरेनी स्तरीय बाल मञ्चको आर्थिक सहयोगमा सिटीले आँबुखैरेनी गाउँपालिका वडा नं. २ खानीखोला स्थित श्री सात कन्या प्रा.वि.का विद्यार्थीहरुको निः शुल्क मृगौंला परिक्षण गरेको हो । आँबुखैरेनी गाउँपालिका भित्र रहेको १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको निः शुल्क मृगौंला परिक्षण गर्ने कार्यक्रम अनुसार आज तेस्रो चरण अन्तर्गत सो विद्यालयका विद्यार्थीहरुको निः शुल्क मृगौंला परिक्षण गरिएको सिटीले जनाएको छ । सिटीले “हाम्रो समाज, स्वास्थ्य समाज” निर्माणका लागि संचालन गरेको निः शुल्क मृगौंला परिक्षण शिविरमा ३४ जना विद्यार्थीको मृगौंला परिक्षण गरिएको सिटीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । मृगौंला परिक्षण गरिएका मध्ये ३ जना विद्यार्थीहरुमा सोही रोग सँग सम्बन्धित समस्या देखा परेको छ, भने १ जना विद्यार्थीलाई पत्थरी भएको सिटीका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । मृगौंला रोगसँग सम्बन्धित समस्या भएका विद्यार्थी र पत्थरी भएका विद्यार्थीको उपचार र औषधी निः शुल्क गरिएको श्रेष्ठले बताउनुभएको छ । साथै, सो निः शुल्क मृगौंला परिक्षण शिविरमा सो क्षेत्रका अन्य व्याक्तिहरुले समेत निः शुल्कमृगौंला परिक्षण गराएका थिए । यस अघि पनि सिटीले आँबुखैरेनी गाउँपालिका भित्र रहेका १२ वटा सामुदायिक विद्यालय अन्तर्गत पहिलो चरणमा गत भदौं २३ गते अन्नपूर्ण आधारभूत प्रा.वि. ढकालटार र दोस्रो चरणमा गत पौष १ गते जम्मादेवी आधारभूत प्रा.वि.वेणीटारका विद्यार्थीहरुको निः शुल्क मृगौंला परिक्षण गरिसकेको छ ।