Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

फोहरमैला संकलन गरिदै


By ram bahadur dhami….

आँबुखैरेनी, ०७ पौष । आँबुखैरेनी गाउँपालिकाले वडा नं. ३ मा रहेको विभिन्न टोल टोलको फोहरमैला आगामी आईतबार देखि संकलन गर्ने भएको छ । गाउँपालिकाको ग.१ ग.१७१ नम्बरको ट्रिपरले विभिन्न टोलमा गएर हप्ताको एउटा बार कुहिने र एउटा बार नकुहिने फोहरमैला संकलन गर्ने भएको हो । 912AA49A-C865-4FDE-A508-FA077C4FB26Eजसका लागि गाउँपालिकाले वडा नं. ३ मा रहेको १९ वटा टोलको फोहरमैला संकलनको तालिका सार्वजनिक गरेको छ । टोल टोलको फोहरमैंला संकलन कार्य अन्तर्गत मनकामना चोक, डाडाटोल, बीच बजार टोल, चोक टोल, विद्यालय मार्ग टोल र छबिसे टोलमा प्रत्येक आईतबार बिहान ७ बजेदेखि कुहिने फोहर मैंला र प्रत्येक बुधबार बिहान ७ बजे देखि नकुहिने फोहर मैला संकलन गरिनेछ । त्यसैगरी, सिद्धी गणेश टोल, चिसापानी टोल, आँबु बेसी टोल, मिलनचोक टोल, खानटोक टोल, सुन्दरबस्ती टोलमा प्रत्येक सोमबार बिहान ७ बजे देखि कुहिने फोहरमैंला र प्रत्येक बिहीबार बिहान ७ बजे देखि नकुहिने फोहरमैला संकलन गरिने भएको हो । यस्तै, शान्ति मार्ग टोल, ओम शान्ति टोल, प्रगती मार्ग टोल, नमूना खत्री टोल, पिप्ले टोल, जागृती टोल र सैबोटे टोलमा प्रत्येक मंगलबार बिहान ७ बजे देखि कुहिने र प्रत्येक शुक्रबार बिहान ७ बजे देखि नकुहिने फोहर मैला संकलन गरीने जनाएको छ । त्यस्तै, सिसा तथा फलामजन्य फोहरमैंला प्रत्येक महिनाको अन्तिम शनिबार संकलन गरिने गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिनुभएको छ । साथै, कुहिने र नकुहिने फोहरमैला नछुट्टाएको खण्डमा गाउँपालिकाले फोहर नउठाउने थापाले बताउनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 31, 2017 by in स्थानीय समाचार/local news.
%d bloggers like this: