Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

कहिले रोकिन्छ आबुखैरेनीमा अवैध कारोबार ?


👁 -दृष्टिकोण
– अमर कंडेल
– आँबुखैरेनीलाई मुख्य केन्द्र बनाएर अपराधका कामहरु हुनु आँबुखैरेनीको लागि कुनै नौलो कुरो भएन । यही ठाउँबाट विभिन्न अपराधका कामहरु संचालन हुने खबरहरु समचारहरुमा आइरहेका छन् । तर अहिले आँबुखैरेनीमा खुलेआम पैसाको आडमा अपराधका कामहरु झनै बढ्दै गएको छ । व्यापार व्यवसायको नाममा आँबुखैरेनीको मस्र्याङ्गदी नदी बाट अवैधरुपमा गिटी वालुवा निकाल्ने, गुण्डा र स्थानिय प्रशासनको सहयोगमा यो काम झनै तिव्र रुपमा बढ्दै गएको आँबुखैरेनी बाट खबर प्राप्त भएको छ । विभिन्न ठेक्कापट्टाको नाममा त झन्् आँबुखैरेनी लगायत वरपर रहेका सरकारी स्वामित्तमा रहेका प्राकृतिक स्रोत र साधनहरुको दुरुपयोग नै भएको खबर छ । नदीको किनारमा स्काभेटर राखेर बालुवा झिक्ने क्रम जारी हुदाँ आँबुखैरेनी पर्यावरणमै खतरा भएको छ । यो घटना नौलो भने होइन तर हाल आएर झन् अत्यधिक रुपमा बढ्दै गएको छ । ठेकेदारहरुले नियम विपरीत काम गर्दा पनी उनीहरुको पहुँच सबैतिर भएको हुनाले कसैले पनी यो काम बारे औला ठडाउन सकेको छैन । अझ गोप्य स्रोत अनुसार आबुखैरेनीकै अभियान श्रेष्ठ लगायत उनका समुहनै गैरकानुनी रुपमा कामहरु गर्दै हिड्ने गरेको खबर छ। उनीहरुको नाम नै अहिलेको चर्चित  छ ।     सानो सानो काम गरेर हिड्ने यस्ता युवाहरु अहिले ठुलो व्यापारीको रुपमा कहलिएका छन् । स्रोतका अनुसार अहिले गैरकानुनी रुपमा आँबुखैरेनी हतियारहरु समेत भित्रिएको खबर छ । यस्ता हतियारहरु यस्तै अपराधिक कामहरुमा प्रयोग गर्न सक्ने आँबुखैरेनीका बासिन्दाहरु चिन्तित भएका छन् । लागुऔषध बेचबिखन यसको प्रयोग आबुखैरेनीको अर्को ठुलो समस्या छ । धेरै पहिलादेखि नै समस्याको रुपमा रहेपनी कुनैपनी ठाउँबाट समस्या समधानको लागि आवाज नउठ्ने भएको कारण यसको समधान चाडै होला भन्न सकिन्न । समस्याको समधान गर्ने केही व्यापारी, नेताहरु नै यस्तो अपराधिक काममा लुकीछिपी संलग्न हुने भएकोले नै आँबुखैरेनीमा अवैध कारोबार अहिले रोकिन्छ भन्न सकिने अवस्था छैन । केही स्थानीय बासिन्दाहरु प्रहरी र स्थानीय प्रशासन सक्रिय नभएको आरोप लगाउदै आएको छ । आखिर यहाँको अपराधीहरु पक्राउ परेर आँबुखैरेनीको इज्जत र यहाँको प्राकृतिक स्रोत साधनको रक्षा कसले गर्ला । अवैध कारोबार कहिले रोकिएला । यो प्रश्नको जवाफ कसले दिने ?  आँबुखैरेनीको नाम बेचेर नेपालभर नै अवैधानिक काम गरी पैसा कमाउने अपराधीहरुको विरुद्ध अब सबै क्षेत्रबाट आवाज उठाउन पर्ने बेला भएको छ । अझ पनी नबोल्ने हो भने भविश्यमा यो क्षेत्रको नाम बेइज्जत हुने पक्का छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 24, 2014 by in स्थानीय समाचार/local news.
%d bloggers like this: