आँबुखैरेनी २९ साउन । साउनको झम्केमा झरीमा प्रथम आँबुखैरेनी महोत्सव सुरु भएको छ । बिहिबार देखि सुरु भएको महोत्सव भदौ ७ गते सम्म जारी रहनेछ ।
झम्के छरीका कारण महोत्सव उद्घाटनमा निकै समस्या परेको थियो । झरीका कारण महोत्सव स्थलमा ओहोरदोहोर गर्न सर्वसाधारणहरुलाई निकै असुविधा पुगेको थियो ।यद्यपी छाता ओढेर भएपनि सर्वसाधारणहरु महोत्सव अवलोकन गर्न गएका थिए ।
महोत्सवको कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्घाटन गरेका थिए । सो अवसरमा पाण्डेले यस किसिमका मेला महोत्सवले स्थानीय उत्पादनले बजार पाउने र स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्नेमा जोड दिएका थिए ।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइका सभापति सुनिल मल्लको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु राजेन्द्रकुमार श्रेष्ठ, दिल सुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके, नेपाली काग्रेसका क्षेत्रीय सभापति लक्ष्मी आचार्य ,एनेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठ ,उद्योग वाणिज्य संघका अञ्चल प्रतिनिधी दिपक लम्साल , गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगतबाबु जोशी आँबुखैरेनी गाविसका सचिव दुर्गा थापा, उपेन्द्र देवकोटा ,ऋषि के.सी. लगायतले बोलेका थिए ।