हरिराम उप्रेती
आँवुखैरेनी ः तनहुँको आँवुखैरेनीमा यहि साउन २९ गते देखि भदौ ७ गते सम्म हुने प्रथम आँवुखैरेनी महोत्सवको तयारी तिव्र पारिएको छ । विभिन्न उपसमिति निर्माण तथा महोत्सव स्थलको संरचना निर्माणको काम तिव्र गतिमा भइरहेको आँवुखैरेनी वजार इकाइका अध्यक्ष सुनिल मल्लले जानकारी दिनुभयो । महोत्सव सफल पार्नका लागी १७ वटा उपसिमिति निर्माणको काम सकिएको छ भने बाल उद्यानका सामाग्रि
ल्याउने तयारी पनि शुरु भएको मल्लले बताउनुभयो । कम्पाउण्डीङतथा वाल उद्यानका सामाग्रि, आर्थिक प्रोयोजक समिति, जनसम्पर्क समिति, सास्कृतिक कार्यक्रम तथा ब्यानर सजावट समिटि, प्रचार प्रसार एवं टिकट विक्रि समिति, दैनिक कार्यक्रम तथा
राष्ट्रिय कलाकार ब्यवस्थपन समिति, स्वाकस्थ्य परमर्श समिति, अतिथी सत्कार समिति, खेलकुद समिति, साहित्यकी समाज समिति, कृषि तथा पशु मेला ब्यवस्थपन समिति, खाजा तथा खाना ब्यवस्थापन समिति, ब्यानर मञ्च प्रसंसा पात्र ब्यवस्थपन समिति, युवा तथा स्व्ंय सेवाव समिति, घरुलु तथा हस्तकला ब्यवस्थापन समिति लगायतका समितिहरु गठन गरिएको मल्ले बताउनुभयो ।
तनहुँ उद्योग वाणिज्य संघ वजारु इकाइको आयोजनामा हुन लागेको महोत्सवमा एक सय २५ वटा स्टल रहने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आँवुखैरेनी सास्कृतिक संरक्षण मञ्चको आयोजनामा कृष्णाअष्टमी पर्व मनाउने गरिन्थ्यो । महोत्सव संचालन गर्न ३५ लाख ५५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्तै महोत्सवको मख्ुय प्रयोजक तथा सहायक प्रयोजकको टुङ्गो लागेको मल्लले बताउनुभयो । मुख्य प्रायोजकमा मनकामना दर्शन प्रालिका डाइरेक्टर राजेश वावु श्रेष्ठ, सहप्रयोजक मनास्लु विकास वैङ्क, सह आयोजकह आँवुखैरेनी गाविस, आँवुखैरेनी संस्कति संरक्षण मञ्च रहेका छन् ।