Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पर्यटकीय संभावना बोकेको आँबुगाउँ


अनिल श्रेष्ठ

आँबुगाउँ, पर्यटकीय महत्व बोकेको गाउँ हो । आँबुखैरेनी गाविसको वार्ड नंं ६ मा रहेको यो एउटा पुरानो गाउँ पनि हो । भौगोलिक अवस्थितिलाई हेर्दा यो गाउँ आँबुखैरेनी बजार र पृथ्वीराजमार्गको सडकदेखि दक्षिणपश्चिम रहेको छ । धार्मिक मन्दिर रहेको महाभारत पर्वत श्रृङ्खलाकै सबभन्दा अग्लो पहाड छिम्केश्वरीको यो काख र फेदी पनि हो ।lala आँबुखैरेनी बजारको विकास र विस्तार हुनुभन्दा अघि यो गाउँ बाक्लो बस्तीले उजागर थियो । समथर परेको भूगोल । हावापानीले उपयुक्त ठाउँ । उत्पादन हुने माटो । उबेलाको व्यापारकेन्द्रको रुपमा रहेको पश्चिम बन्दिपुर र दक्षिणको चितवनसँग सिधा पैदलमार्गको सम्बन्ध रहेको आँबुगाउँ लमजुङ् र गोरखाका व्यापारीहरुको बिसाउनी थियो । त्यसैले पनि आँबुगाउँको पुरानै अस्तित्व देखिन्छ ।hoho
आँबुखैरेनीका अधिकांश नेवार र खत्री समदायका परिवारको पुरानो थातथलो आँबुगाउँ हो । आँबुखैरेनी उनीहरुका बेसी थिए । आँबुखैरेनीका विशाल कृषि र खेतीयोग्य फाँटहरु यिनैका थिए । उबेलाको आँबुखैरेनी अहिलेको जस्तो आवादी थिएन । आँबुखैरेनीको नामले एकिकृत थिएन । त्योबेला यो पुरै फाँटको भिन्न नामहरुको अस्तित्व थियो । चिसापानी, मझुवा, ढाँड, खहरे, खत्रीगाउँ, गाँडापानी, हाँडेपानी आदि यी फरक फरक नामहरुको फरक फरक भूगोल र पहिचान थियो । खयरका ठूल्ठला रुखहरुले भरिएका मस्र्याङ्दी नदी छेउछाउका यी फाँटहरु उबेला औलोको डरले मान्छेहरु बस्न पनि डराउँथे । मान्छेहरु बिहान बेसी झर्थे र दिउँसो गाउँ उक्लन्थे ।ooo साँझसम्म मान्छेहरु बेसीमा बस्न खोज्दैनथे । औलो र बाघको डर उस्तै थियो । गाउँको ठाँटीमा बसेर बूढाहरु तल फाँटमा बाघ कराएको र बाघले गाईवस्तूु लखेट्दै मस्र्याङ्दीको किनारतिर दौडिरहेको हेर्थे रे । अहिले सुन्दा कथाजस्तै लाग्छ । तर समय अहिले ठ्याक्कै उल्टिएको छ । गाउँ खाली छ र बेसीका फाँटहरु कोलाहलपूर्ण बन्दैछ । मान्छेको आवादी बढ्दैछ । उब्जनी घट्दैछ । फाँटहरु हराउँदैछ र जमिन साँघुरिँदै छ । २०२५÷२६ सालमा यो फाँटलाई छोएर पृथ्वी राजमार्गको सडक निर्माण भएपछि यो ठाउँ आवादी बन्यो । तर सडकले आँबुगाउँलाई भने विस्थापित गरिदिएको छ । आँबुगाउँ र यस वरपरका कोट, खर्क, ज्यामसरा, अदुवाखर्क, आदि गाउँहरु खाली बनेका छन् ।
uu
केही बर्षदेखि यता आँबुखैरेनीको शहरीकरण तीव्र छ । घरहरु बन्ने क्रम बढ्दो छ । घडेरीको मूल्य दिन दुगना रात चौगुना छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य सुविधाका पूर्वाधारहरु सहज र सूुलभ छ । आँबुखैरेनी र यस वरपरका ग्रामीण क्षेत्रहरुबाट बसाइसराइ गरेर आँबुखैरेनी आउने एउटा थप आर्कषण पनि भएको छ यो । यहाँको बजार ठूला व्यापारीहरुको व्यापारको डिलरकेन्द्रहरु बनेको छ । धादिङ्ग, तनहँु, लमजुङ्ग र मनाङ्गका विकट भेकसम्म यहाँको सिधा व्यापार सम्बन्ध गाँसिएको छ । यसकारणले पनि आँबुखैरेनीलाई व्यस्त बजारको रुपमा विकास गरेको छ ।

आँबुखैरेनीको शहरीकरणको तीव्रता सँगसँगै आँबुगाउँको विकासको संभावनाहरुलाई पनि अहिले आएर बढ्दै गएको देख्न सकिन्छ । भलै आँबुखैरेनीसम्म यसको पहुँच भने अझै पुग्न सकेको छैन । धेरैको ध्यान त्यतातिर अझै पुगिसकेको पनि देखिँदैन । तर पनि आँबुगाउँको विकासको संभावनाहरुको मार्गप्रसस्त भने खुलिसकेको छ– विशेष गरेर पर्यटकीय क्षेत्रको रुपमा । आँबुगाउँको पुनरुत्थान भनेको अब पर्यटकीय विकास, विस्तार र यसको प्रर्वद्धन नै हो । छिम्केश्वरी क्षेत्रलाई तनहुँ जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने जिल्ला विकास समिति तनहुँको गुरुयोजना र नेपाल सरकारले यसमा देखाएको तत्परता र क्रियाशिलताले यसको चौतर्फी विकासलाई खोलिदिएको छ । केही वर्षदेखि भौतिक योजना तथा आवास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, गोरखाले क्रियान्वयात्मक रुपमा यसको कार्य थालनी गरिसकेको छ र यसको प्रारम्भिक अध्ययनको कार्य सकिसकेको छ । यस सन्दर्भमा पनि आँबुगाउँको महत्वलाई बुझ्न सकिन्छ । किनकि आँबुगाउँ छिम्केश्वरी क्षेत्रको प्रवेशमार्गको रुपमा रहेको छ ।

आँबुगाउँको महत्वलाई बुझ्नु पर्दा मैले दुईवटा कुराहरुलाई बुझेको छु । पहिलो, यो गाउँ छिम्केश्वरी क्षेत्रभित्र प्रवेश गर्ने पहिलो द्धार हो । यो पहिलो विश्राम स्थल हो जहाँबाट दक्षिणतिर रहेको छिम्केश्वरीको अग्लो पहाडलाई नजिकैबाट दृष्टिगोचर गर्न सकिन्छ । दोस्रो, यो गाउँ एउटा यस्तो ‘भ्यु प्वाइन्ट’ हो जहाँबाट उत्तरतिर रहेको आँबुखैरेनी बजार, मस्र्याङ्गदी नदी, तरेली परेका डाँडाहरु, गोरखा सदरमुकाम र लस्करै रहेका सुन्दर र मनोरम हिमश्रृङ्गखलाका दृश्यहरुलाई सजिलै अवलोकन गर्न सकिन्छ । यहाँको चिसो बतास र सधैं कुहिरो खेलिरहने नजिकैका छिम्केश्वरीका पहाडहरुको आनन्द बेग्लै छ ।

आँबुखैरेनीबाट पैदल हिँडेरै २०÷२५ मिनेटको दक्षिणतिरको उकालो उक्लेपछि झण्डै सानो उपत्यका जस्तो लाग्ने यो गाउँ अहिले पनि ५०÷६० घर परिवारको बसोबास रहेको छ । आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म मोटरसाइकल र जीपको आवागमनले हिँड्न गाह्रो हुनेहरुको लागि मोटरयात्रा सहज हुनेछ ।

भौगोलिक र प्राकृतिक रुपले उति साह्रो विकट र जटिल नभएपनि आँबुगाउँको विकासको संभावनाहरुप्रति भने मान्छेहरुको ध्यान गएको देखिँदैन । यस गाउँको विकासको लागि केही सचेत प्रयासहरु हुनु जरुरी छ । केही ठूला पर्यटन व्यवसायी र पर्यटकीय क्षेत्रमा ज्ञान भएका मान्छेहरुको लगानीलाई आकर्षित गर्न सके यस क्षेत्रको विकासको संभावनाको अर्को ढोका खोल्न सकिन्थ्यो । जसरी नेपालको आन्तरिक र बाहय पर्यटकीय स्थानको रुपमा नगरकोट, सराङ्गकोट, बन्दीपूर, भेँडेटार आदि नामहरु प्रख्यात छन् त्यसरी नै आँबुगाउँको पर्यटकीय विकासको संभावनाहरु पनि प्रसस्त छन् । खाँचो छ लगानीको । र सचेत प्रयत्न र प्रयासहरुको ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 13, 2014 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: