अनिल श्रेष्ठ
विश्व वातावरण दिवसको अवसरमा सुरु भएको १५ औं राष्ट्रिय सरसफाई सप्ताह कार्यक्रम आँबुखैरेनीमा पनि सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र,आँबुखैरेनी, सामुदायिक प्रहरी सेवा केन्द्र, आँबुखैरेनी इलाका प्रहरी कार्यालय, उवासंघ, आँबुखैरेनी इकाई र विभिन्न टोल सुधार समितिको सहभागितामा ‘स्वच्छ, सफा, सुन्दर र हराभरा आँबुखैरेनी’को आव्हान सहित बजार सरसफाई र फोहोर मैला उठाउने काम गरेको थियो ।
यही जेष्ठ २७ गते आँबुखैरेनीचोकबाट सुरु भएको सरसफाई अभियानको टोलीले आँबुखैरेनीको मुख्य चोक, बीचबजार, डाँडाटोल, मनकामनाचोक, विद्यालय मार्ग, शान्तिमार्ग, प्रगतिमार्ग र नमूना खत्रीटोल हँुदै आँबुखैरेनी परिक्रमा गरेर फोहोर मैला सरसफाई कार्यक्रम गरेको थियो ।
दैनिक रुपमा विभिन्न टोल सुधार समितिहरुले आँबुखैरेनीको फोहोर मैलालाई व्यवस्थापन गर्दै आइरहेको आँबुखैरेनीको बासिन्दालाई यो जनचेतनामूलक सरसफाई अभियानको कार्यक्रमले बजारलाई अरु सफा र सुन्दर बनाउन उत्साह थपेको बताउँछन् स्थानीयहरु । बजारमा देखिएको प्रदुषण हटाउन, फोहोर मैलालाई व्यवस्थित व्यवस्थापन गर्न र युवाहरुका बढ्दै गइरहेको दुव्र्यसनी रोक्न आँबुखैरेनी सेवा केन्द्रले अरु थप यस्ता जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने केन्द्रका अध्यक्ष वंशीराम प्रधानले बताए ।