हरिराम उप्रेती
आँवुखैरेनीः समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले आबुखैरेनीको तनहूँमा ‘सामुदायिक सेवा केन्द्र आबुँखैरेनी’ गठन भएको छ ।
घरेलु हिंसा, लागूऔषध लगायतका अपराधिक गतिबिधिहरुलाइ नियन्त्रण गर्न र जनचेतना अभिबृद्धि गर्न केन्द्र गठन गरिएको आबुखैरेनि प्रहरी चौकीका प्रहरी निरिक्षक श्याम बाबु वलियाले जानकारी दिए । केन्द्रले अपराध नियन्त्रण सम्वन्धि क्रियाकलाप, ट्राफिक नियम संबन्धि नागरिक– प्रहरी अन्तरक्रिया, दुर्घटना प्रकोप ब्यवस्थापन गर्न जेष्ठ नागरिक सँगको भेटघाट, घर दैलो तथा सरसफाई कार्यक्रम, धार्मिक, सामाजिक एवम सास्कृति लगाएतका कार्यक्रम गर्ने पनि वलियाले बताए ।
वंशिराम प्रधानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा मिना अधिकारी, सचिवमा सन्त बहादुर केसी, सहसचिवमा दुुर्गा अधिकारी, कोषाध्यक्षमा अनिल श्रेष्ठ र सदस्यहरुमा हरिभक्त श्रेष्ठ, उपेन्द्र देवकोटा, नारायण प्रसाद भट्टराइ, कमल नारायण श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, इन्द्रमान परियार, शेर वहादुर गुरुङ, अम्विका थापा, सरिता पोखरेल र सिर्जना थापा रहेका छन् ।
त्यस्तै समितिको सल्लाकारमा भगवान दास मल्ल, त्रिपुरेश्र त्रिपाठी, तुलनाराण श्रेष्ठ, राजकुमार श्रेष्ठ, लेख वहादुर अधिकारी, नेपाल सिं गुरुङ र राजराम श्रेष्ठ रहेका छन् । केन्द्रले प्रहरि संग मिलेर अपराध न्यूनिकरण लगायत सामाजिक बिकासका क्रियाकलाममा पनि सहकार्य गर्ने वलियाले बताए । केन्द्रले बिधान दर्ता गराइ कार्यसमितिलाइ बैधानिक बनाउने तयारी गरिरहेको छ ।
त्यस्तै आबुखैरेनि बजारमा बैशाख १३ गते सामुदायिक प्रहरि गठन गरिएको वलियाले जानकारी दिए । नवगठित सामुदायिक प्रहरीको कार्यलय आँवुखैरेनीको प्रेट्रोल पम्पमा खोलिएको छ । सामुदायीक प्रहरी अनिता केसी ले प्रहरी सँग समन्वय गरि गतिविधि संचालन गर्ने पनि वलियाले बताए। साथै केन्द्र र सामुदायीक प्रहरीलायृ प्रभावकारी वनाउनका लागी बार्षिक क्यालिन्डर बनाइ काम अगाडी वढाइने पनि प्रहरीको तयारी छ ।