Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

खानेपानीमा ‘नमूना मर्ज’


भगवान खनाल
आँबुखैरेनी माघ ३
शिक्षा क्षेत्रमा दुई विद्यालय मर्ज भएका छन् भने नेपाल राष्ट्र बैंकले दुई वटा बैंकको मर्ज पनि गर्दै आएको सुनिदै आइएको हो । यस्तै मर्ज खानेपानीको क्षेत्रमा पनि भएको छ । तनहुँका दुई खानेपानी योजना आपसमा मर्ज भएका छन् । आँबुखैरेनी ६ को मिलनचोक खानेपानी र ५ को जरेबर मुलपानीटार खानेपानी परस्परमा मर्ज भएका हुन् । Water-Tab-630393
आँबुखैरेनीमा दुई खानेपानीको एक आपसमा भएको मर्जलाई ‘नमूना मजर्’ को रुपमा लिइएको तनहुँ जिल्ला खानेपानी प्रमुख डिभिजनल इन्जिनियर हरिदत्त पौडेल बताउँछन् । मुल एउटै भएर पनि अलगअलग खानेपानी योजनाको रुपमा रहेका यी दुई खानेपानीको मर्जलाई खानेपानीको क्षेत्रमा नमूनाको रुपमा लिइएको पौडेल बताउँछन् । देशभरका कतिपय खानेपानीमा मुलको विवाद, योजना अधुरा र लथालिङ रहेको पाइने गरेकोमा यहाँ भने पृथक किसिमले एकीकरणको काम भएको पौडेलले बताए । “यसले योजना र समुदायलाई नै एकीकरण गर्छ,” उनले भनें, “विकासका अरु काम गर्न पनि सजिलो हुनेछ ।”
मर्ज पछि योजनाको नाम मिलनचोक जरेबहर खानेपानी राखिएको छ । एकीकरणको लागि विधान संसोधन लगायतका सबै कानुनी प्रक्रिया पुराएर एउटै खानेपानी योजना बनाइएको हो ।
चालू आर्थिक वर्षमा रातो किताबमा मिलनचोक खानेपानीको गुणस्तर सुधार योजना र जरेबहर खानेपानीको वितरणको योजना परेपछि दुवै खानेपानी शनिबार एक कार्यक्रम गरी आपसमा गाभिएका हुन् । दुवै पानीको मुहानको श्रोत एउटै भएकोले गाँभेर गुणस्तर सुधार र वितरण योजना एकीकृत रुपमा गरिन लागिएको जिल्ला खानेपानी कार्यालय तनहुँका इन्जिनियर चिरन्जिवी सेढाइँले बताए । करिब दुई करोड लागतमा बन्ने गुणस्तर सुधार प्लान्टको लागि चालू वर्षमा २० लाख रुपैयाँ प्राप्त छ भने वितरण योजनाको इस्टिमेट हुने इन्जिनियर सेढाइँले बताए । दुवै योजना सम्पन्न हुदा स्थानीयले जनश्रम, नगद र पाइपलाइन समेत गरी बीस प्रतिशत लगानी साझेदारी गर्नुपर्छ । दुवै योजना जिल्ला खानेपानी मातहतमा सम्पन्न हुनेछन् । योजना सम्पन्न भएपछि दैनिक १० लाख लिटर पानी वितरण गरिनेछ ।
दुवै खानेपानीको एकीकरण गर्न गरिएको भेलामा उपभोक्ताहरु निकै खुशी भएका थिए । अब शुद्ध र गुणस्तीय खानेपानी पिउन पाइने भयो, मिलनटारकी विष्णुमाया के.सीले बताइन् । वर्षात्मा धमिलो र फोहोर पानी पिउनु पर्नेमा योजना सम्पन्न भएपछि सफा पानी पिउन पाइनेमा के.सीले खुशी व्यक्त गरिन् । यस खानेपानीबाट आँबुखैरेनी गाविस ४ को पनि केही घरधुरीले सुविधा पाउनेछन् भने मसर््याङदी जलविद्युत गृहको कर्मचारी आवास र ढकालटारस्थित सेनाको ब्यारेकमा पानीको आपूर्ति हुने मिलनचोक जरेबहर खोनपानीका नवनिर्वाचित अध्यक्ष केशरबहादुर के.सीले बताए । नीति र कार्यक्रमलाई बलियो बनाएर नमूना खानेपानी योजना बनाउने लागिएको अध्यक्ष के.सी बताउँछन् ।
मिलनचोक खानेपानीका ३८७ र जरेबहर खानेपानीबाट १६३ घरधुरी सदस्य रहेका छन् । मर्जपछि कार्यसमितिको चयन पनि निर्विरोध हुनु पनि अर्को नमूना देखिएको नेपाली काँग्रेस आँबुखैरेनीका अध्यक्ष गीरबहादुर थापा बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 17, 2014 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2014
M T W T F S S
« Dec   Mar »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
%d bloggers like this: