आँबुखैरेनी पोष्ट, पुष १७
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नं १ बाट पहिलो हुने निर्वाचन प्रणालीबाट निर्वाचित सभासद् शंकर भण्डारीले विकासमा सबैको साथ चाहिने बताएका छन् । उनले विकासमा स्थानीय जनता, दल, नागरिक समाजदेखि सबैको साथ चाहिने बताएका हुन् । आज आँबुखैरेनी गाविसको आठौं गाउँ परिषद्को सफलताको मन्तव्य दिदै सभासद् भण्डारीले विकासमा सबै पाटी र विचारलाई सँगै लिएर अघि बढ्ने धारणा राखे । उनले आफूले गल्ती गरे आलोचना गर्न र दण्डको भागिदार पनि हुन तयार रहेको बताए । “सकेसम्म जानेर गल्ती गर्दिन,” उनले भनें, “यदि गल्ती गरे दण्ड भोग्न पनि तयार छु ।” उनले नियतवश कुनै पाटी प्रति पनि पूर्वाग्रह नराख्ने पनि बताए ।
आँबुखैरेनीको समग्र विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै भण्डारीले उनको जीवनमै पहिलोपटक गाउँ परिषद्मा भाग लिएको बताए । सो अवसरमा उनले मतदातालाई धन्यवाद पनि दिए ।
गाउँ परिषद्को अध्यक्षता गाविस सचिव तथा अध्यक्ष बुद्धिप्रसाद भुषालले गरेका थिए भने संचालन गाविसका बोर्ड सदस्य अगम अधिकारीले गरेका थिए । सो अवसरमा भवन निर्माण कार्यदलका संयोजक शालिग्राम अधिकारी, गीरबहादुर थापा, भगवानदास मल्ल, ऋषी के.सी लगायतले मन्तव्य दिएका दिए ।