हरिराम उप्रेती
आँवुखैरेनी ः सामाजिक कार्यमा सक्रिय लियो क्लव आइतबार आँवुखैरेनीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै थियो । विद्यालयका प्राय विद्यार्थी लामवद्घ भएर शैक्षिक सामाग्री लिँदै थिए । तर सो कार्यक्रममा विद्यालय भर्ना भइ विगत लामो समय देखि कक्षामा अनुपस्थित भएका विद्यार्थीको बारेमा प्रध्यानाध्यापकले क्लवसँग लामो गुनसो गरे । गुनसो गर्दै प्रध्यानाध्यापकले विद्यालयका तिन विद्यार्थी शैक्षिक सामाग्री नहुँदा विद्यालयमा अनुपस्थित भएको क्लवका पदाधिकारीलाई जानकारी गराए । लियो क्लव अफ आँवुखैरेनीका पदाधिकारीहरुले सोधखोज गर्दै जाँदा एकै परिवारका तिन जना दिदिवहिनी घरको आर्थिक स्थिती अत्यन्तै नाजुक भएका कारण विद्यालय जान सकेका रहेनछन् । विद्यालयमा कक्षा ४ मा पढदै गरेकी मञ्जु, कक्षा ३मा पढ्दै गरेकी रेनुका र सिसुमा भर्ना भएकी रेजी विद्यालयमा चाहिने स्टेशनरी सामाग्री किन्न नसकेका कारण लामो समय देखि विद्यालय जान नपाएका हुन् ।
तिन दिदि वहिनीका वुवा एम वहादुर भुजेल दिनभरि मजदुरी गर्नुपर्ने र मजदुरी गरेर कमाएको पैसाले खान पनि नपुग्ने हुँदा शैक्षिक सामाग्री नहुँदा उनिहरु विद्यालय जान नपाएको वताएका उनिहरुको भनाइ उदृध गर्दै लियो क्लव अफ आँवुखैरेनीका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । लियो क्लव अफ आँवुखैरेनीका उपाध्यक्ष गोविन्द अधिकारीले भने ‘ विद्यालय किन नआएको भनेर उहाँहरुको घर मै पुग्यौँ घरको अवस्था निकै नाजुक देखेपछि केहि रकम सहयोग गरेका छौँ ।’ लियो क्लव अफ आँवुखैरेनीका उपाध्यक्ष अधिकारीकै पहलमा उनिहरुको परिवारले लिएको ऋण तिन सहज होस् भन्ने उदेश्यले ३५ हजार रुपैँया नगद विद्यालय मार्फत भुजेल परिवारलाइ दिएको श्रेष्ठले बताए । त्यस्तै तिन छोरीहरुलाइ नियमित विद्यालयमा जान सहजताका लागी विद्यालय ड्रेस र स्टेशनरी सामाग्री पनि खरिद गरीदिएको श्रेष्ठले जानकारी दिए । मञ्जु, रेनुका र रेजी सोमबार देखि नै स्टेशनरी सामाग्री पाएपछि विद्यालय जान थालेका छन् । छोरीहरुलाई विद्यालय पठाउन शैक्षिक सामाग्री वितरण गर्न गएको टोलिले उनको घरमा लक्ताकपडा समेत नभएको देखेपछि सिरक डसना पनि किनिदिएको श्रेष्ठले बताए ।
त्यस्तै मार्किचोमा रहेको अकला निमाविमा क्लवले शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ ।