पृथ्वीराजमार्ग अन्तरगत तनहुँको डुम्रे-आँवुखैरेनी सडक खण्डको विमलनगर स्थित चुनपहरामा शुक्रबार दिउँसो १ बजे सडक दर्ुघटना हुँदा एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ।
गोरखाको च्याङ्गलीबाट तनहुँको डुम्रे बजार तफ आउँदै गरेको ग१ज ५१२१ नम्बरको जीपको छतमा सवार गोरखा जिल्ला च्याङ्गली गाविस वडा नं. ४ जुडिखोलाका ६० बषर्ीय बुद्धि बहादुर श्रेष्ठलाई पोखराबाट काठमाण्डौ तर्फजाँदै गरेको ग१ख ४०२२ नम्बरको बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त दर्ुघटनामा परि श्रेष्ठको शरीर र टाउको समेत विच्छेद भएको थियो ।
श्रेष्ठको मृत्यु पश्चात् स्थानीयले करिब ४ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए भने प्रहरीले सामान्य बल प्रयोग गरी सडक खुलाएको थियो । बाटो खुलाउने क्रममा अवरोधकर्ताको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय आँबुका प्रहरी निरिक्षक श्याम ओलिया सामान्य घाइते भएका छन्।
सडक अवरोधका कारण दसैंको टिका थाप्न र टिका थापेर गन्तव्य तर्फहिडेका हजारौँ यात्रुहरु अलपत्र परेका थिए । चक्काजामको अवधिमा घाँसीकुवा गाविसको नाहलादेखि आँबुको सत्रसयसम्मको करिब १२ किलोमिटर क्षेत्रभर सवारी साधनको लाम लागेको थियो । त्यस्तै, शवको पोष्टमार्टमका लागि दमौली स्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
lytanahun