आँबुखैरेनीमा आज लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले बृहत ¥याली निकाल्ने कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सफल पार्न आँबुखैरेनी लगायतका ठाउँहरुबाट मावन सागर नै उर्लेको थियो । आँबुखैरेनीको बालक, युवायुवती, नागरिक समाज, शिक्षक, आमा समूह, टोलसुधार समिति, विद्यालय, प्रहरी, प्रशासन लगायतका सबैको उपस्थितिमा लागूपदार्थ, अवैध घरेलु मादक पदार्थ सेवन र यसले पार्ने हानी नोक्सानीका बारेमा देशैभरि सकारात्मक सन्देश दिने गरी कार्य सम्पन्न भएको हो ।
इप्रका आँबुखैरेनी , लियो तथा लायन्स क्लब अफ आँबुखैरेनी र अलस्टार क्लबको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा लागुऔषध दुव्र्यसनी विरुद्ध सम्बन्धी प्लेकार्ड बोकी नारा लगाइएको थियो ।
आँबुखैरेनी गा.वि.स.लाई लागु औषध नियन्त्रण, घरेलु मदिरा उत्पादन र बेचविखन बन्द गर्ने, जुवातास बन्द गर्ने र घरेलु हिंसा नियन्त्रण गर्ने उद्देश्य अनुरुप यो ¥यालीको आयोजना गरिएको हो ।
यसले बिग्रेका पुस्तालाई सच्याउन र भोलिका पुस्तालाई यस कार्यमा लाग्नबाट बचाइ समाजको छवि उच्च राख्न सहयोग गर्नेमा विश्वास स्थानिय अभिभावकहरुको विश्वास छ । यस कार्यले आयन्दा आँबुखैरेनी लागूपदार्थ ओसारपोसारको सम्पर्क बिन्दुको रुपमा नरहने कल्पना गर्न सकिन्छ ।
फोटो सौजन्य हरिभक्त श्रेष्ठ