हरिाम उप्रेती
आँवुखैरे्नी ः विगत केहि महिना देखि लागुपदार्थ न्युनिकरण अभियान चलाएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले लियो तथा लायन्स क्लव तथा अलस्टार क्लव सँग समन्वय गरि भाद्र २९ गते दुब्र्यसनी विरुद्घ वृहत ¥यालि निकाल्ने भएको छ ।
बुधबार वसेको सर्वक्षिय वैठले आँवुखैरेनीमा रहेका क्रियाशिल महिला समुह तथा विभिन्न संघ संस्था सँग समन्वय गरि ¥यालि निकाल्न लागेको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरिक्षक श्याम वावु ओलियाले जानकारी दिए । उनले भने ‘आँवुखैरेनीलाई लागुऔषध दुब्र्यसनी मुक्त बनाउन, घरेलु मदिरा उत्पादन निर्मुल पार्न घरेलु हिँसा उन्मुलन गर्न तथा जुवातास निषेध गर्न वृहत ¥यालि निकाल्ने भएका छौँ ।’ लागुपदार्थको ‘ट्रान्जिट प्वाइन्ट’ वन्दै गएपछि केहि समय यता प्रहरीले लागुपदार्थ दुब्र्यसनीमा फसेकाहरुलाई नियन्त्रणमा लिइ कारवाही गर्न अभियान नै चलाएको छ ।
बुधबार भएको सर्वक्षिय छलफलमा आँवुखैरेनी मस्र्याङदी वहुउद्देश्यिय संस्था वरादी, न्युनि आमा समुह , वाइजु राम आमा समुह, श्रीकृष्ण आमा समुह, शिवशक्ति आमा समुह, प्यारेलियल समिति, अकला आमासमुह, छिम्केश्वरी माइ आमा समुह, शान्ति टोल आमा समुह, मनकामना आमा समुह, प्रगति मार्ग आमा समुह, श्रीकृष्ण आमा समुह नमुना आमा समुहका प्रमुख तथा प्रतिनिधि गरि ४० भन्दा वढीको उपस्थिती रहेको थियो । भाद्र २९ गते निक्लने ¥याली वसपार्क, आँवुखैरेनी चोक, मिलनचोक हुँदै खत्रि गाउँ, प्रगति टोल, मनकामना चोक ,डाँडाटोल हुँदै वसपार्कमा आएर समापन गरिने कार्यक्रम तय भएको छ ।
ऋजययकभ बल झयतष्अयल