एमाओवादीले क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ एमाओवादीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमप्रसाद गौतम, कार्यवाहक जिल्ला इन्चार्ज जगन्नाथ खनाल, ओमकुमारी पौडेल, हेमराज लामिछाने, राजेन्द्रकेशरी न्यौपानेलाई सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ विद्या क्षेत्री, घनश्याम देवान, प्रेम तमु, ओमप्रसाद पौडेल, गुणनीधि शर्मा सिफारिस भएका छन् । नेपाली कांग्रेसले क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ विशेष अदालतबाट भ्रष्टाचार ठहर पूर्वमन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य शंकर भण्डारी, निवर्तमान जिल्ला सभापति रघुनाथ पौडेल र नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ बालकुमारी लोहनी, रामचन्द्र अधिकारी, ध्रुवलाल प्रधान, पुष्पा श्रेष्ठ, टेकवहादुर गुरुङ्ग, दलवहादुर दुरा, अमृत नेपाली, कृष्ण रुचाल, यमुना विक, भवेश्वर गुरुङ्ग, रफिक मियाँ, तेजवहादुर पन्त, तेजप्रकाश पण्डित लगायत १८ जना रहेका छन् ।यता नेकपा एमालेले भने निर्वाचनबाट उम्मेदवार सिफारिस गरेको हो । नेताहरुबीच उम्मेदवारमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि निर्वाचन भएको थियो । तर तीन वटै क्षेत्रमा महिलातर्फ भने सर्वसम्मत भएको छ । क्षेत्र नम्बर १ मा महिला तर्फ जिल्ला सचिव भगवती न्यौपाने सर्वसम्मत भईन् भने अन्यमा कार्पेट उद्योगी रामबहादुर गुरुङ र पूर्व जिल्ला सचिव विद्या ढकाल सिफारिसमा परेका छन् । क्षेत्र नम्बर २ मा महिला तर्फ साभुङ भगवतीपुरकी सेतीमाया विक सर्वसम्मत भईन् भने अन्यमा उद्योगी किसान श्रेष्ठ र राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतापलाल श्रेष्ठ सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा महिला तर्फ केन्द्रीय अनुशासन आयोगकी सदस्य शान्ति खनाल सर्वसम्मत भईन् भने अन्यमा एमाले केन्द्रीय सदस्य टुकराज सिग्देल र प्राध्यापक डा.चन्द्रबहादुर थापा सिफारिस भएका छन् ।