हरिराम उप्रेती
कृष्ण जन्माअष्टमीको अवसरमा आँवुखैरेनी बजारमा लागेको जात्रामा सहभागी भइ प्रथम द्घितिय र तिृतिय हुनेहरुलाइ नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
आँवुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा जात्राका भएको प्रतियोगितामा रापाइ जात्रा, टाकटुके नाच, लाखे नाच, चुट्का भजन लगायतका प्रतियोगीताहरु भएका थिए ।
रोपाइँ जात्रामा शान्ति टोल सुधार समिति प्रथम भइ १० हजार नगद पुरस्कार हात पारेको छ । त्यस्तै मनकामना चोक टोल सुधार समिति द्घितिय तथा चिसापानी टोल सुधार समिति तितृय भएका छन् । द्घितिय र तितृह हुनेले क्रमश सात हजार र तिन हजार नगद प्राप्त गरेका छन् । रोपाइ जात्रामा आठ टिमको सहभागीता रहेको थियो ।
त्यस्तै टाकटुके नाच तफ प्रगति मार्ग टोल सुधार समिति प्रथम भएको छ । त्यस्तै विद्यालय मार्ग टोल सुधार समिति द्घितिय र रामशाह टोल सुधार समिति तितृह भएका छन् । प्रथम, द्घितिय र तितृय हुनले क्रमश सात हजार पाँच हजार र तिन हजार नगद तथा प्रमाणपत्र पाएका छन् । टाकटुके नाचमा १२ टिमको सहभागीता रहेको थियो ।
त्यस्तै लाखे नाच तर्फ मनकामना हटियाको नेवा गुठि प्रथम, दिपज्योति युवा क्लव भुम्लिचोक द्घितिय तथा राम शाह टोल सुधार समिति र नेवा खल सास्कृति संरक्षण लमजुङ तितृय भएका छन् । लाखे नाचमा प्रथम द्घितिय र तितृह हुनेले क्रमश पाँच हजार तिन हजार र दुइ हजार नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै चुट्का प्रतियोगीतामा तमु ल्हो ढकालटार प्रथम, चियना खर्क नेवारी समाज द्घितिय भएका छन् । प्रथम र द्घितिय हुनले क्रमश १० हजार र पाँच हजार नगद पुरस्का पाएका छन् । आँवु गाविस वाहेक अनय गाविसबाट प्रतियोगीतामा भाग लिनेहरुलाई यातयात भाडा स्वरुप तिन÷तिन हजारको दरले उपलब्ध गराइएको आँवुखैरेनी संस्कृति संरक्षण मञ्चका सचिव वंशिराम प्रधानले जानकारी दिए ।
जात्रा हेर्न सयौँ मानिसको मिडभाड थियो । अाँवुखैरेनी लगायत आसपासका मानिसहरु जात्रा हेर्न कै लागी आँवुखैरेनी आइपुगको थिए । कृष्णाअष्टििमको अवसर पारेर प्रत्येक वर्ष आँवुखैरेनीमा जात्रा लाग्दै आएको छ ।
photo support from haribhakta shrestha and ashis junk karki