दसबर्से द्वन्द्वका बेला बेपत्ता भएकाहरू घर फर्केका घटना विरलै छन्। तर, १५ वर्षअघि बेपत्ता भएका गोरखा नगरपालिका १ दरबारमार्गका प्रहरी जवान शैलेन्द्र अर्याल भने घर फर्केका आजको अन्नपूर्णमा खबर छ।
शैलेन्द्र २०५६ सालदेखि वेपत्ता थिए। उनी फर्किएपछि परिवारजनमा खुसी छाएको छ।’दुई घन्टासम्म त घरमा खुसीको रुवाबासी नै चल्यो,’बुधबार छोरो फर्केपछि आमा सावित्रीले भनिन्,’शैलेन्द्र र रूपेश(दाजुभाई) अँगालो हालेर हुट्टिदै छुट्टिएनन्। म त मुटुकी रोगी। मुटु फुलेर घाँटीसम्म आयो।खुसीमा पनि त्यती धेरै आसुँ आउँदो रहेछ।’ छोरो जिवीतै फर्केपछि द्वन्द्वका बेला सरकार र माओवादीका डरले भागेका कतिपय अझै जीवीतै रहेका हुनसक्ने र कुनै दिन घर फर्कने सावित्री बताउँछिन्।
‘फेला पारेमा कि माओवादी कि सरकारले दुःख देलान् भन्ने डरले अहिले पनि कतिपय नेपाली विभिन्न देशमा बसेको हुनसक्छन,’उनल् भनिन्,’ सरकारले सुरक्षाको ग्यारेन्टी गर्यो भने उनीहरू देश फर्कन सक्छन्।’ शैलेन्द्रलाई फेरी सरकार र माओवादीले दुःख दिने हुन कि भन्ने डर लागिरहेको सावित्री बताउँछिन्।
शैलेन्द्रले आफू ज्यान जोगाउन भागेर भारतका् गुजरात पुगेको बताए। उनले परिवारमा खबर गरेमा दुःख दिने चिन्ताले आफू यतिबेलासम्म पनि बेखबर रहेको बताए।