Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

कोकाकोला अन्तर विद्यालय छनौंट फुटबलमा खैरेनी उच्च मावि खैरेनीटार छनौंट


राम बहादुर धामी, आँबुखैरेनी । कोकाकोला अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगितामा तनहुँ जिल्लाबाट खैरेनी उच्च मावि खैरेनीटार छनौंट भएको छ । गोरखकाली रबर उद्योगको खेलकुद मैदानमा जारी अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगिता अन्तर्गत आजको भएको फाईनलमा राम शाह उच्च मावि आँबुखैरेनीलाई २–० गोल अन्तरले पराजित गर्दै खैरेनी उच्च मावि खैरेनीटार पोखरामा हुने क्षेत्रीय स्तरको फुटबल प्रतियोगितामा छनौंट भएको हो । 1209019_716476995045342_1198959614_nसेमिफाईनल खेलमा सनसाईन आवासिय माविलाई २–१ गोल अन्तरले पराजित गरेर राम शाह उच्च मावि आँबुखैरेनी फाईनलमा प्रवेश गरेको थियो, भने ट्राईबेकरमा सत्यवती उच्च माविलाई ५–४ गोल अन्तरले पराजित गरेर खैरेनी उच्च मावि खैरेनीटार फाईनलमा प्रवेश गरेको थियो । उक्त फुटबल प्रतियोगितामा तनहुँ जिल्लाभरबाट १० वटा विद्यालयलेसभागिता जनाएका थिए । यसैगरी, फुटबल प्रतियोगितामा प्रथम हुने खैरेनी उच्च मावि खैरेनीटारका विद्यार्थी खेलाडीहरुलाई ट्रफि र प्रमाण पत्र वितरण गरिएको छ । आज एक समारोहकाबीच जिल्ला शिक्षा अधिकारी हरि प्रसाद गौतमले फुटबल प्रतियोगितामा प्रथम हुने खैरेनी उच्च मावि खैरेनीटारका विद्यार्थी खेलाडीहरुलाई ट्रफि र प्रमाण पत्र वितरण गर्नुभएको हो । ट्रफि र प्रमाण पत्र वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघ तनहुँ (एन्फा)का महासचिव ज्योती कुमार श्रेष्ठको अध्यक्षतामा भएको अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगिताका खेल संयोजक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 21, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2013
M T W T F S S
« Jul   Sep »
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: