राम बहादुर धामी, आँबुखैरेनी । कोकाकोला अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगितामा तनहुँ जिल्लाबाट खैरेनी उच्च मावि खैरेनीटार छनौंट भएको छ । गोरखकाली रबर उद्योगको खेलकुद मैदानमा जारी अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगिता अन्तर्गत आजको भएको फाईनलमा राम शाह उच्च मावि आँबुखैरेनीलाई २–० गोल अन्तरले पराजित गर्दै खैरेनी उच्च मावि खैरेनीटार पोखरामा हुने क्षेत्रीय स्तरको फुटबल प्रतियोगितामा छनौंट भएको हो । सेमिफाईनल खेलमा सनसाईन आवासिय माविलाई २–१ गोल अन्तरले पराजित गरेर राम शाह उच्च मावि आँबुखैरेनी फाईनलमा प्रवेश गरेको थियो, भने ट्राईबेकरमा सत्यवती उच्च माविलाई ५–४ गोल अन्तरले पराजित गरेर खैरेनी उच्च मावि खैरेनीटार फाईनलमा प्रवेश गरेको थियो । उक्त फुटबल प्रतियोगितामा तनहुँ जिल्लाभरबाट १० वटा विद्यालयलेसभागिता जनाएका थिए । यसैगरी, फुटबल प्रतियोगितामा प्रथम हुने खैरेनी उच्च मावि खैरेनीटारका विद्यार्थी खेलाडीहरुलाई ट्रफि र प्रमाण पत्र वितरण गरिएको छ । आज एक समारोहकाबीच जिल्ला शिक्षा अधिकारी हरि प्रसाद गौतमले फुटबल प्रतियोगितामा प्रथम हुने खैरेनी उच्च मावि खैरेनीटारका विद्यार्थी खेलाडीहरुलाई ट्रफि र प्रमाण पत्र वितरण गर्नुभएको हो । ट्रफि र प्रमाण पत्र वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघ तनहुँ (एन्फा)का महासचिव ज्योती कुमार श्रेष्ठको अध्यक्षतामा भएको अन्तर विद्यालय छनौंट फुटबल प्रतियोेगिताका खेल संयोजक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।