Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

हाकिमको जय होस् (निबन्ध)


भगवान खनाल

हाकिम, हाकिम र फेरी पनि हाकिम । तेरो जय होस् । तेरो दीर्घायु होस् । तेरो विकास होस् । तर, अब तलाई हाकिम भन्ने दिन गएको छ । त्यो दिन चुडिएको छ । त्यो दिन चुडाँइएको छ । तलाई हाकिमको रुपमा स्वीकार्ने दिन नआउने निश्चित प्राय भइसकेको छ । उच्चासीन समितिको मनोमौजीमा हाकिमको गर्धन र टाउको एकै चोटि हल्लिएको छ । अट्टहाँस हासोको फोहोराले उद्यान लपक्कै भिजेको छ । उद्यानका कुनाकुना रसाएका छन् । मानौं, अब त्यहाँ बिरुवाहरु हलक्कै बढ्नेजस्तो देखिएको छ । तेरो कुर्सी यसो गर्दा रमाएको छ । तेरा चेहरामा परिवर्तन देखिएको छ । कन्चन छन् आभाहरु । हाकिमलाई दिनमा मात्र हैन रातमा पनि निष्फ्रिकी हासोको रक्तसंचार भएको छ । यसैले हाकिम त नशाको प्यालामा सम्मोहित बनेको छस् । प्रेमातुर देखिएको छस् । सम्भोगको रासलिलामा फस्न तयार छस् । भेज र नजभेजको बाँस्ना कोठा र घरभरि चलाएको छस् । काजपत्रका बान्कीहरु मिलाएको छस् । कान फुकेको छस् ।
हाकिमको जय होस् ! म आभार व्यक्त गर्न चाहन्छु र कृतज्ञता ज्ञापन गर्दछु । 10865548-boss-screaming-his-employee
हाकिमको चाकडी गर्न नसक्दा धेरै मनिसहरु उसका लागि नालायक बनेका छन् । हाकिमको तराजुमा जोखिन नमान्दा किलोको ढकलाई पाउमा परिणत गराइएका छन् । हाकिमको कार्वाहीको कुनै वैज्ञानिक उपाय नभएर जगेडामा जस्तो पारिन्छ । काम गरनुन्जेल पनि अचारजस्तो बनाउँछ हाकिम । शायद कर्मशीलहरुको कर्म यस्तै हुन्छ कि क्या हो ? हाकिमहरु जो विरोधी छ, विपक्षी छ, उसलाई निमिट्यान्न पार्न कसुर नराखिकन हर्कतको प्रयोग गर्छन् । काम गर्न पाउनु नैसर्गिक अधिकार हो । मानव अधिकारको सवाल हो । रोजगारीको कुरा हो । तर हाकिमहरु यी सर्वमान्य सिद्धान्तलाई लात्ति र मुठीले बजार्छन् । जबकी एउटै मुद्धामा कसैलाई काखा र पाखा पारिन्छ । ९९ प्रतिशतलाई ठीक निकाल्ने उच्चासीनहरुको प्रतिवेदन १ प्रतिशतलाई बेठीक निकाल्छ ।
थुइक्क, प्रतिवेदन लेख्ने हाडिघोप्टेहरु ! सधै अनुहार डाउन भएका र कम रक्तचाप भएका जस्ता देखिने ग्रयान्ड डिजाइनहरु ! सुको पैसामा र्याल चुहाउनेहरु । सहकर्मी विपरित लिङी शिक्षकलाई डायरीले झटारो हान्नेहरु !
हाकिम कानून उ र उसका लंगौटियाँ अनुकुल व्याख्या गर्छ । उसलाई कुनै कानून लाग्दैन । उ सबै कानूनको भाष्यकार हो । तर उ अरुलाई कालो कानून लगाउँछ ।
अर्काले सेतो देख्दा उ कालो देख्छ, अर्काले कालो देख्दा उ सेतो देख्छ ।
यसले उसलाई हाकिम भन्न सुहाउँदैन । उ नोकरशाही तानाशाह जस्तो लाग्छ । उ गणतन्त्रको तानाशाह हो । उ खुफियातन्त्र र चलखेलमा खुबै रमाउँछ । मानिसलाई बस्मा पार्न सक्नु उसको सबैभन्दा खप्परैमै लेखिएको परम शक्ति हो । भन्छन् नि, छैठीमै भाविले लेखिदिएको । उसको ताकत संसारमा विरलै मानिससँग होला । उसको यो शक्तिको साच्चै म पनि मुक्तकण्ठले प्रशंसा गर्छु ।
उसलाई प्रजातान्त्रिक शैली मन पर्दैन । उपयोग गर्दैन । हाकिमलाई हाकिम बनाउने उसका कर्मचारीले हो । तर हाकिम उसका गुलाम नहुनेहरुलाई भीर पाए धकेल्ने र कुना पाए अचेट्ने गर्छ । हाकिमको दिमागी सैतानको कारण कर्मशीलको चारहात खुटा बाँधिन्छ । हाकिम र उसका आसेपासेलाई रिजाउन नसक्नु, पहुँचमा राख्न नसक्नु मेरै कमजोरी पनि हुनसक्छ ।
मलाई थाहा छ, आफूलाई नराम्रो गर्नेको कुभलो चिताउनु हुदैन । उसको तारिफ गर्न जान्नु पर्छ । उसको वाहवाही गरिदिनु पर्छ । त्यसले गर्दा भविष्यमा उसले अरु धेरैलाई पीडा दिन सक्दैन । कसैलाई कोपाभोजनमा पार्न सक्दैन । तर यो धैर्यता मसँग पटक्कै छैन, यतिबेला । आफूलाई नराम्रो गर्नेको भलो चिताउने कुरा कुनै आदर्श मात्र हो भन्ने बुझाइ मसँग छ । म आम मानिस जस्तै पेशाकर्मी हुँ । म आफ्नो पेशामा अब्बल बन्ने चाहना राख्छु । घात अनि प्रतिघात, मनोमानी र आसुरी प्रवृत्तिलाई एकरत्ति मनपराउदिन । म कसैको घोडा बन्दिन । कसैको गुलाम गर्दिन् । सबै विकल्पहरु मेरा लागि खुला छ । भित्र वा बाहिर, जहाँ रहेपनि मलाई प्रीतिकर लाग्छ । मेरो वात, पदचाप र गन्ध ओखरपौवाको दुर्गन्ध भन्दा पनि कमजोर बन्छ । अनि घोक्रेठ्याक्क खान्छु । मेरो बर्खास्तगीसँगै हाकिमका मतियारहरुले खुत्तिम मानेका छन् । पाइस् र खाइस् भनेका छन् । अनि केहीले गोहीका आँसुपनि झारेका होलान् । तिनीहरुसँगै होशियार रहनुपर्छ ।
कुरा के भने नि, मेरो असन्तुष्टिचाहिँ मुत्युदण्डको लागि सुलिमा चढाउनु अघि समेत हुने सोधनी हाकिम र उसका मतियारहरुको साँठगाँठमा मलाई बंचित गरिदा पनि स्वागत गरेको छु । म टेबुलमा तिनका कुरा र मेरा कुरा औपचारिक रुपले राख्न चाहन्थे । बर्खास्त गर्नु अघिको अन्तिम सफाइ पेश गर्ने मौका पाइन । त्यो पनि अकारण बर्खास्त हुनु परेको छ । न कुनै दिन गयल, कार्वाही, प्रष्टिकरण सोधेको रेकर्ड छ, न नियम कानून अस्वीकार गरेको । वर्खास्तगी गरेको औपचारिक सूचना समेत उसले दिन सकेको छैन । हाकिम सफेद झुठको खेति गरिरहेको छ । तैपनि सफल बनिरहेको छ । समाजले स्वीकारिरहेको छ । मैले बोल्नुमा मै गलत हुँ, समाजले यही भनिदिनसक्छ । उ सरकारी शिक्षक हो । एउटै संस्थामा उ र उसका लगौटियाहरुले दाहोरो दशैं भत्ता खाए । उसले दाहोरो ग्रेड खायो । सरकारी विद्यालयको प्रअले सरकारले दिएको ग्रेड त नियम अनुसार खाने पाउने भयो, तर, त्यही संस्थामा कक्षा एघार र बाह्रमा पढाएवापत उसले दशै भत्ता पनि मज्जाले खायो र ग्रेड पनि उत्तिकै खायो । एउटै शिक्षक एउटै विद्यालयमा स्थायी र निजी श्रोतको कसरी हुन सक्छ ? विद्यमान सरकारी कुन कानूनले यस्तो स्वेच्छाचारिता गर्न छुट दिन्छ ? तर आँबुखैरेनीको सजिलो समाजले उ र उसका लगौंटियाका यस्ता हर्कतहरुलाई सजिलै उन्मुक्ति दियो । धन्य छ आँबुखैरेनी । विद्यालय भवन विद्यमान आर्थिक ऐन नियमको विपरित विना प्रतिस्पर्धा ठेक्कामा दिन्छ उ । र, विद्यालय बन्दै गर्दा चितवनको नारायणगढमा उसले तीनतले घर ठडायो । धन्य छ आँबुखैरेनी जसले उसलाई महागुन लगायो । उ र उसका लगौटियाहरु कमजोर व्यवस्थापन पक्षलाई एकलौटी पेलानमा पार्दै कक्षा एघार र बाह्रमा पढाए वापतको अतिरिक्त पैसा असुल्ने दाउमा छ । यो कुन विद्यामान कानुनले मिल्छ फेरि ? मिल्दैन तर उसले सजिलै फत्ते गरी छोड्छ । हेरिराखौं ।
मैले हाकिमको षडयन्त्र समयमै बुझ्न नसक्नु थोरै भुल हो भन्ने देख्दछु । एउटै सिनारियोका अरुको बहाली, विजय, काम गर्ने नैतिकता भइरहेको अवस्थामा ममा यतिबेला चरम नैतिक संकटमा छ । म नैतिक पतनको हदैसम्मको सीमामा छु । तर काम गरिरहेको छु । नानीहरुलाई धोका दिनु हुदैन मैले भन्ने कुरानै मसँगको यतिबेलाको त्यहाँ छिर्ने, पस्ने एकमात्र दृढ शक्ति हो ।
मैले सबै हाकिमलाई चिनेको छु । हेरेको छु काम । देखेको छु दृश्य । उनीहरु श्यामश्वेत कर्तुतहरु म वायु बोलेझै बोलिदिन्छु । म आकाशबाट यो भूगोलमा आएको हो । म नपुसंक बनाइएको छु । मेरा दाहिने कोही छैनन् । अनि विचरा म कहिलेकाही ठूलोस्वरमा आवाज बोल्छु । यो रोदन हैन, वास्तविकता हो, भन्छु्, ˝हाकिम तेरो जय होस् ।” मसँग सिर्फ कुण्ठित ध्वनी मात्रै छ । म, बोल्छु, बोल्छु नसके लेख्छु, अनि आफैं थाक्छु, विचरा भुइँफुट्टा । मेरो आवाजले हाकिमको भजनमण्डलीमा दिनरात बिताउनेहरु कहिलेकाही झस्किन्छन् । निन्याउँरो बन्छन् । तर, ती थिङ ट्यांकहरुलाई आच्छु पनि हुदैन । ती नीतिनिर्माता र भाग्य विधाताहरु हुन् । तिनका उद्गारहरु समाजभरी एकछापे उपाय बन्छ । समाजले त्यही पत्याउँछ । ˝कति सजिलो समाज हगि,” मैले बारबार भनेको छु, ˝नहुने कुरा पनि धेरैपटक भनिदिएपछि अन्तिम सत्य बन्दो रहेछ ।”
आफैंलाई भनें, “बित्थामा के कराउनु ? काग कराउँदैछ, पिना सुक्दैछ ।˝ ए म त निन्द्रामा पो बोलिरहेको रहेछु । आत्मिक आदेश गर्छु, ̏जीवनकहानी निद्रामा किन बोलेकुँ होला ?˝ तर फेरी मैले भने, “केही छैन । सम्हालिन जान्नुपर्छ । राजमार्ग बनाउनु सक्नुपर्छ । रेल र आकाश मार्ग बनाउनु सक्नुपर्छ ।˝ मेरो पेटैबाट आएको कुरा हो यो ।
हाकिम फेरी पनि तँ र तेरा मतियारहरुको जय होस्
लेखक
रामशाह उमावि, आँबुखैरेनीले बर्खास्त गरेको शिक्षक हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 19, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: