Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

‘दानी’ विद्यालय


भगवान खनाल

हुनत विद्यालय आफैं एक सामाजिक संस्था हो । एक सामाजिक संस्थाले अर्कोलाई सहयोग गर्नु नौलो कुरा हैन । सहयोग दिने र लिने प्रक्रिया समाज रहेसम्म अविछिन्न रहन्छ । धेरै ठाउँमा विद्यालयलाई दिएका उदाहरण धेरै भेटिन्छन्, पाइन्छन् । तर, आँबुखैरेनीको सन्दर्भमा भने विद्यालयले दिन सफल भएको छ । समाजले विद्यालयलाई दिएको केही जग्गा रामशाह उमाविले मन्दिर, गुम्बा र क्याम्पसलाई दिएको हो । यसले जग्गा दिएका गुम्बा र मन्दिर निर्माण भइसकेका छन् क्याम्पस भने निर्माणाधीन अवस्थामा छ ।374500_547320431979975_1587612588_n शिव मन्दिर र बौद्ध सदन गुम्बा आँबुखैरेनी बजारका गहना बनिसकेका छन् भने भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति तनहुँद्धारा निर्माणाधीन आँबुखैरेनी क्याम्पस भवन बनेपछि शिक्षाको हबको रुपमा देखिएको आँबुखैरेनी झनै चम्किने छ । आँबुखैरेनी क्याम्पस स्थापनापछि उच्च शिक्षासम्मको पठनपाठनको ढोका खुलेको आँबुखैरेनीमा अझै प्राविधिक शिक्षाको आवश्यकता छ । खासगरी रामशाहकै टेकोमा बामे सर्दै गरेको आँबुखैरेनी क्याम्पसबाट समाजले ती अपेक्षाहरु पनि राखेको छ । उता, हेर्दाहेर्दै बद्लिएको मस्र्याङदी नदी परिसर क्याम्पस भवन बनेपछि झनै् बद्लिनेछ ।
तीनवटा सामाजिक संस्थालाई राम शाह उच्च माध्यामिक विद्यालयले आफ्नो नामको जग्गा उपलब्ध गराएको हुनाले ‘दानी विद्यालय’ हो भन्दा अतिशोयुक्ति हुदैन । विद्यालयले सामाजिक, शैक्षिक एवं धार्मिक संघ संस्थालाई जग्गा उपलब्ध गराउन गरेको प्रयास इतिहासको पानामा कहींनकहीं स्वर्ण अक्षरले लेख्न किमार्थ भुल्नु हुदैन । विद्यालयको यो गुन ‘महागुन’ हो । विद्यालय माउ बनेर यस्तै अरु सामाजिक संस्थाहरु जन्माउन भूमिका खेल्नु विल्कुलै ठूलो भूमिका हो । विद्यालयका जग्गादाताहरु त यसका धन्यवादका पात्र हुदैहुन् । तिनै पुस्ता जसले तत्कालीन समाजको माग र आवश्यकताको लागि स्थापना गरिएको विद्यालय यो समय आएर समाज विकासको क्रममै अग्रणी भूमिकामा आउनु उल्लेखनीय पक्ष हो । वास्तवमा विद्यालय चलाउँछ समाजले । नियम बनाउने, प्रशासन गर्ने, पढ्ने, पढाउने सबै समाजका सदस्यले नै गर्ने र, अन्तत लाभ लिन्छ समाजले नै । यसमा सरकारले साथ दिन्छ र कैंयन गैरसरकारी र व्यक्तिहरुले पनि साथ दिन्छन् । नेपालका पाठशालादेखि प्राथमिक विद्यालय हुदै निमावि, मावि र अहिले उमावि भएका सामुदायिक विद्यालयहरु सबै दुख र आवश्यकताका उपज हुन् । कुनै पनि विद्यालय यस्तो छैन जहाँ तत्कालीन अवस्थामा शारीरिक, मानसिक र जिन्सी श्रम विना स्थापना भएका । त्यसैले अहिले हामीले बृद्धबृद्धा देखेका, अशक्त देखेका र नबोलाइएका, नसम्झेका त्यो पुस्ताको दान, जोरजुलुम सल्लाह, अभ्यास, अथक मेहनत र भगीरथ प्रयत्नले ती विद्यालयहरु स्थापित भएका हुन् । त्यतिबेलाका शिक्षकले पढाएको बेतनको रुपमा जिन्सी बस्तु लिएर, स्वंयसेवा गरेर विद्यालयहरु स्थापना भएका हुन् । यो कुरा पनि विद्यालयहरुले बुझन् जरुरी छ । त्यही पुस्ताले मुठीदान, मानोदान, श्रमदान, भूमिदान गरेर दुखका साथ निर्माण गरेको रामशाह उमाविको भौतिक पूर्वाधारले बनिबनाउ देखिन पुगेको छ । यस्तै पछिल्लो समय रामशाहलाई जिल्लाकै गुणात्मकताको हिसाबले दोश्रो नमूना विद्यालयको रुपमा पनि उभ्याइएको छ । यस हिसाबले हेर्दा रामशाह भौतिक र गुणात्मक चाल सँगसँगै चालिरहेको छ । यसले केही उपलब्धी हासिल गरिएको जस्तो देखिएपनि मनग्य छैन र सन्तोषजनक छैन । प्रयास गरेको छ र प्रयासलाई सार्थक बनाउन रामशाह लागिपरिरहेको छ ।
चार वर्ष अघि शिक्षक मासिकको लागि पंक्तिकारले लिएको अन्तर्वातामा रामशाहका प्रधानाध्यापक प्रेमराज लामिछाने भनेका थिए, “पाँच वर्षभित्र एसएलसीको टार्गेट विशिष्ट श्रेणी र प्रथम श्रेणी आर्जन गर्नु हो ।” यो समयावधि करिबनकरिबन पुगिसकेको अवस्था छ । एसएलसीमा विशिष्ट श्रेणीमा खाता तीन साल अघिनै खोलिसकेको भएपनि अझै अपेक्षाकृत हुनसकेको छैन । २०६९ को प्रवेशिकाको नतिजा ६७ प्रतिशत मात्र ल्याउन सफल भएको छ । ̏जति सोचिएको थियो, त्यति नतिजा आएन,˝ प्रधानाध्यापक लामिछानेले भने । पक्कै पनि अब्बल बन्ने भन्ने कार्य रातदिनको मेहनेतले मात्रै आउँछ । निरन्तरताले मात्रै आउँछ ।
वि. सं २०२७ सालमा तत्कालीन अवस्थामा पातीको झुपडीको रुपमा ठडाइएको रामशाह अहिले पक्कीमय बनेको छ । गोरखाको धुवाँकोट चिनियाखर्कमा जन्मनुभएका स्व. तुलसीदास मल्ल व्यापारको सिलसिलामा तत्कालीन आँबुको बेसीभागस्थित बगैंचा भन्ने ठाउँमा आइपुग्नु भयो । वहाँकै व्यक्तिगत सहयोग र सक्रियतामा त्यहीं बगैंचा भन्ने स्थान( हाल पनि बगैंचानै छ, )मा वि.सं २०२६ निर्मल ज्योति प्राथमिक विद्यालय स्थापना भएको थियो । विद्यार्थी करिब २७ जना थिए । विद्यालयले ६ महिनामै आर्थिक समस्या र विद्यार्थी समस्या झेलेपछि अगाडि बढ्न सकेन यद्यपी निर्मलज्योति रामशाह स्थापनाको पूर्व अनुभव र कार्य भएको तथ्य बिर्सनु हुदैन । निर्मलज्योतिको सकारात्मक प्रभाव त्यतिबेलाका युवापंक्तिमा प–यो । फलस्वरुप गोरखाको धुवाँकोटबाट आँबु आइसकेका उनै स्व. तुलसीदास मल्ल, भगवानदास मल्ल, आँबुकै गोबिन्द अधिकारी र गोरखा देउरालीका स्व. मेघविलास खनाल लगायतको सक्रियतामा ०२७ मा रामशाहको स्थापना गरियो । न्यायका प्रतापी राजा राम शाहले दरौंदी र मस्र्याङदीको संगममा देहत्याग गरेका हुनाले यसैलाई पृष्ठभूमी बनाएर विद्यालयको नाम पनि राम शाह राखिएको हो । विद्यालयलाई ०२७ सालमै एकैपटकमा निम्न माध्यामिक तहको स्वीकृति प्राप्त भयो । यसैगरी ०३६ सालमा माध्यामिक तहको स्वीकृति प्राप्त भयो । यसको करिब २१ वर्षपछि ०५७ सालमा उमावि तह संचालनको अनुमति ल्याई निम्न स्तरको जनशक्ति उत्पादन गर्ने ध्येय लिइएको हो ।
राम शाहमा सरकारी सहयोग, विद्यार्थी शुल्क र केही संस्थागत सहयोगका कारण विद्यालय भौतिक रुपमा तन्दुरुस्त छ । भौतिक रुपान्तरण भएको छ । कक्षाकोठामात्र हैन, पानी, धारा, शौचालय, ढोका र चौघेरोसमेत पूर्णरुपेण परिवर्तन भएको छ । सतही भौतिक पक्ष सपाट बनेको छ । तर, आन्तरिक पाटोमा सन्तुष्टि प्राप्त गर्ने बलियो आधार अझै बनिसकेको छैन । यसको लागि विद्यालय प्रशासन मरिमेटेर लागेको छ । विद्यालयको भौतिक पक्ष गुणात्मक बनाउन सक्दो काम गरिरहेको प्रधानाध्यापक प्रेमराज लामिछाने बताउँछन् । नेपालका सरकारी विद्यालयहरु विद्यार्थी संख्या कम भए भनेर टाउको दुखाइको विषय बनेको अवस्थामा रामशाहमा खासै विद्यार्थी हर्ज बितेका दुई दशकमा कहिल्यै पनि भएन् । रामशाह माध्यामिक तहसम्म गोरखाको देउराली, मनकामना र तनहुँको आँबुखैरेनी, छिम्केश्वरीको ढलोपढो हो । गाउँले विद्यार्थी नै यसको प्रमुख श्रोत हुन् । रामशाहमा उमावि तहमा चितवन, गोरखा, तनहुँका विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् । छिमेकमा अरुले भन्दा पहिले उमाविको कक्षा चलाएपछि विद्यार्थीबाट आर्जन भएको शुल्क र सरकारी सहयोगको कारण रामशाह ०६० को दशकमा कायाँपलट बन्न सफल बनेको हो ।
रामशाहले भौतिक पक्षसँगसैगै शैक्षिक अवस्था सुधार्न अनेकन प्रयत्न गरिरहेको छ । यसले एउटा हाँगोको रुपमा अंग्रेजी भाषामा पठनपाठन अगाडि बढाएको छ । अहिले नेपालका सरकारी विद्यालयहरुले गर्न खोजेको सुधार भनेको अंग्रेजी माध्यममा शिक्षण गर्नु हो । अभिभावक, शिक्षक र विद्यार्थी सबैको बुझाइ अंग्रेजी माध्यमनै विद्यालय सुधारको मुख्य एजेण्डा बनेको छ । यो सकारात्मक यतिबेलालाई भएपनि भोलिचाहिँ यसले मात्र काम नगर्न सक्छ । अंग्रेजी र प्रविधिको लेपन लगाउने प्रयत्न रामशाहले गरिरहेको छ । जिल्लाको अग्रणी विद्यालय हुनुको नाताले रामशाह अरुका लागि अनुकरणीय हुन जति जरुरी छ, अरुका राम्रा कुराहरु अनुकरण गर्नुपनि उति नै श्रेयस्कर हुन जान्छ । त्यसैले साधारण विषयमा मात्र नभई विद्यालय तहमा आमसंचारको प्रयोग र एघार बाह्रमा विज्ञान संकायको पठनपाठन गर्न जरुरी देखिन्छ । विद्यार्थीलाई कक्षा कोठाभित्र थुनेर मात्र अहिलेको जमानाको गुणस्तरीयता आउदैन । यो बुझ्न जरुरी छ ।
(लेखक रामशाह प्रशासनद्धारा सफाइसमेत पेश गर्न नदिई हालसालै बर्खास्त गरिएका शिक्षक हुन् ।bhagawankhanal@gmail.com

Advertisements

2 comments on “‘दानी’ विद्यालय

  1. dilu gurung
    July 3, 2013

    खुसि लाग्छ निक्कै नै अनि सन्तुष्टि पनि …छिम्केश्वरी को लागि पनि एकदमै बरदान नै भएको छ रामशाह मैले पनि २०५९ मा दिएको थिए रामशाह बाट तर तेसपछि फर्कने मौका नै पाएको छैन रामशाह / अहिले त बिशाल फड्को मारिसकेछ /खुसि लाग्छ तर लामिछाने देखेर रिष उठ्छ /साले निक्कै घमण्डी गर्छ कोइ हैन मै हो भन्न खोज्छ ,सारा आँबूखैरेनीबासी ले उसलाई देबता समान पूजोस भन्ने चाहन्छ साले त्यो ……..हेरौ कति दिन चल्छ अझै तेस्को चुरीफुरी ….

  2. RB Lama
    July 4, 2013

    सफलताका स्वादहरु स्याहार्दै सिङगारिएकी राम शाह माबिको चरण कमलमा कोटी कोटी प्रणाम। २०४६ सालमा रामशाहबाट एसएलसी दिने मेरा समकालिन साथीहरुको सम्झनाले थलिएको छु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 3, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: