हरिराम उप्रेती
गोरखाः सदरमुकामको छहरे धारामा पानी भर्न गएकी बालिकालाई लिङ्ग देखाएर यौन दुव्र्यवहार गर्न खोजको आरोपमा सेन्ट जोसेफ बोर्डिङ गोरखा नगरपालिका–१० किलोका शिक्षक राम्जी पाण्डे विरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको छ ।
सोमबार दिउँसो महेन्द्र ज्योति उमाविमा कक्षा ७ मा पढ्ने १३ वर्षिया छात्रालाई लिङ्ग देखाएको आरोपमा धावा गाविस–१ स्थायी घर भएका शिक्षक पाण्डे विरुद्ध मुद्धा दर्ता भएको हो । दिउँसो करिब ४ बजे ठुलोआँगन स्थित गेट यार्ड एजुकेशनल इन्स्टच्युटमा ट्युशन पठाउन गएका पाण्डेले छहरे स्थित धारामा पानी लिन गएकी बालिकालाई लिङ्ग देखाउँदै जबरजस्ती गर्न खोजको पिडित परिवारको दावी छ । ‘नानु आउ भन्दै लिङ्ग देखाउँदै म तिर आए ।,’ पिडित बालिकाले भनिन, ‘म भागेर घर गए ।’ एक साता अघि पनि पाण्डेले आफुलाई दुव्र्यवहार गर्ने प्रयास गरेका बालिकाले बताईन ।
विद्यालयकी कक्षा ७ मा अध्ययनरत छात्रालाई दुव्र्यबहार भएको भन्दै मंगलबार दिउँसो शिक्षक, विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेका थिए । विद्यालयबाट नारा लगाउँदै विद्यार्थीहरु प्रहरी कार्यालय आएका हुन् र पिडितको परिवारले जाहेरी दिएपछि मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक बसन्त कुँबरले जानकारी दिए । ‘उई वान्ट जस्टिज÷ हामीलाई न्याय देउ’ भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।
प्रहरीले सोमबार राती नै पाण्डेलाई प्रक्राउ गरि अनुसन्धान थालेको जनाएको छ । आरोपित शिक्षकले पिसाब फेर्दै गर्दा वालिकालाई देखेपनि आफुले दुब्र्यबहार नगरेको दावी गरेका छन् । पाण्डे सेन्ट जोसेफका अंग्रेजी विषय पढाउने शिक्षक हुन् । बोर्डिङले शिक्षक पाण्डेलाई निष्काशन गरेका जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको कुँबरले बताए । उनी यसअघि पनि मोटरसाईकल चोरीमा संलग्न रहेको थिए ।