भगवान खनाल
आँबुखैरेनी २४ जेठ
तनहुँको आँबुखैरेनी र गोरखाका देउराली, धुवाँकोट र मनकामनालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्ने सहमति भएको छ । मसर््याङदी जलविद्युत गृहबाट प्रभावित यी गाविसलाई लोडसेडिङमुक्त बनाउन माग गर्दै हिजोदेखि भएको आन्दोलन शुक्रबार सहमति भएपछि स्थगित भएको हो ।
सहमतिमा यी गाविसहरुलाई आजैबाट लोडसेडिङमुक्त क्षेत्र बनाइ घोषणा गरिएको छ । यस्तै आँबुखैरेनी ६ पिप्लेस्थित ५० केभीए भोल्ट क्षमताको ट्रान्सफर्मरलाई एक महिनाभित्र एकसय केभीए भोल्ट क्षमताको बनाइने भएको छ भने आँबुखैरेनीमा अतिरिक्त जगेडा ट्रान्सफर्मर राखिने सहमति भएको छ । यस्तै आँबुखैरेनीस्थित <a मार्किचोकमा निर्माण गर्ने लक्ष्य राखिएको सवस्टेशन निर्माण गर्न सक्रियता लिने निर्णय भएको छ । करिब चार वर्ष अघि भएको आन्दोलनको कारण प्रभावित गाविसलाई लोडसेडिङमुक्त बनाउने उद्देश्यले मार्किचोकमा सबस्टेशन बनाउने निर्णय भएको थियो ।
आजको वार्तामा नेपाल विद्युत प्राधिकरण दमौलीका प्रमुख सुरेशकुमार महतो, मसर््याङदी महाशाखाका प्रमुख चन्द्रशेखर चौधरी र स्थानीय रुपमा गठीत संघर्ष समिति, पत्रकार र प्रहरीको बीच करिब तीन घण्टा आँबुखैरेनी गाविसमा वार्ता भएको हो ।2265″ /> वार्तामा स्थानीय नागरिकले स्थानीय राजनितिक पाटीका प्रतिनिधिलाई सहभागि भने गराएनन् । उनीहरुले अपरान्ह करिब तीन बजेबाट ५.१५ बजेसम्म पृथ्वी राजमार्ग बन्द गर्दा राजधानी र नारायणगढ जाने सवारी साधन र पोखरा जाने करिब दुईसय भन्दा बढी सवारी साधन बीचैमा रोकिदा यात्रीहरुले सास्ती भोगेका थिए ।
तश्विरहरु भगवान खनाल आशिष जंग कार्की , हरिराम उप्रेती