हरिराम उप्रेती ःविगत केही दिन देखि विद्युत आपुर्ति नहुँदा पनि मर्मतका लागि चासो नदिइएको भन्दै तनहुँको आँबुखैरेनीबासीले विद्युत प्राधिकरणको
कार्यालयमा तालाबन्दी गरिदिएका छन् । विद्युत आउने र जाने समस्या भएपछि केहि दिन अघि आबुखैरेनीका स्थानीहरुले प्राधिकरणलाइ ध्यानाकर्र्षण गराएको थियो । आफुहरुले दिएको समय सिमा सम्म पनि कुनै सुनुवाइ नभएको भन्दै तालावन्दी गरिएको हो । प्राधिकरणमा तालावन्दी भए पछि गोरखा, चितवन र तनहुँका केही भागमा अहिले सम्म पनि विद्युत प्रसारण वन्द छ ।