Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

दुइ महिना देखी गोरखकाली रवर उद्योगमा टाएर उत्पादन भएन


हरिराम उप्रेती÷
गोरखा÷
मिसावट युक्त तेलको प्रयोग भइ मेसीनमा खरावी आएको भन्दै टायर उत्पादनको काम हुन नसकेको गोरखकाली रवर उद्योगमा दुइ महिना वितिसक्दा समेत टायर उत्पादनको काम हुन सकेको छैन ।
उद्योग प्रशासले गुणस्तरहिन तेल फीर्ता नपठाइ नयाँ तेल आयात नगर्दा उद्योगमा टाएर उत्पादन हुन नसकेको हो । गत चैत महिनामा गुणस्तरहीन तेलको प्रयोगले मेसीनमा खरावी आएपछी तेल फीर्ता गरी नयाँ तेल आयात गर्ने उद्योग प्रशासनले तयारी गरेको थियो ।gorakhkali-tyre-banner2aa37c7b तर अहिले सम्म पनि मिसावट भएको तेल फिर्ता नहुँदा उद्योगमा टाएर उत्पानको काम हुन नसकेको रवर उद्योग वचाउ संघर्ष समितीका अध्यक्ष जित वहादुर भट्टले जानकारी दिए । उनले भने ‘ दुइ महिना वितिसक्दा समेत न तेल फिर्ता लगीएको छ नत उद्योग चलेको नै ।’ उद्योगको वोइलर हाउसमा पानी तताउन प्रयोग हुने फर्नेस तेलमा बालुवा, माटो, जुटका टुक्रा मिसिएको तेल प्रयोग हुँदा मेसीनमा आगोको ज्वाला निक्लिएपछी उद्योगमा टाएर उत्पादन नभएको एक कर्मचारीले बताए । उत्पादनको अन्तिम चरणमा रहेका तिन सय टाएर खेर जाने भएपछी गत बैशाख दोस्रो साता डिजेलबाट दुई दिन तिन सय टायर उत्पादन गरीएको थियो । बैशाख १५ भित्रै नयाँ तेल आयात गरी टायर उत्पादन गर्ने भनिएपनी दुइ महिना वितिसक्दा समेत उद्योगमा टाएर उत्पादन हुन सकेको छैन । एक स्थानियले भने ‘ मजदुरहरु आउँछन् हाजिर गर्छन् जान्छन् ।’ उद्योगमा तिन सय भन्दा वढी मजदुरहरु कार्यरत छन् । साल्ट ट्रेडीङले मिसावट युक्त तेल फिर्ता लैजाने र नयाँ उपलब्ध गराउने सहमति भएपनि दुइ महिना वितिसक्दा समेत कुनै प्रक्रिया शुरु भएको छैन । उद्योगमा चैत्र २१ गते बाट टाएर उत्पादन हुन सकेको छैन । एक हप्तामै तेल ल्याएर उद्योग संचालन गर्ने तयारी भइरहेको उद्योगका मजदुर इश्वर परीयारले जानकारी दिए । उद्योगको फर्नेश तेल मिसावट भएको उद्योगले जनाएको छ । उद्योग संचालनका लागी केहि महिना अघि मात्रै सरकारले पाँच करोड भन्दा वढी रकम सहयोग गरेको थियो । प्रशासनको लापरवाहीका कारण उद्योग धराशायी वन्र्दै गएको स्थानियहरुले आरोप लगाएका छन् ।

Advertisements

One comment on “दुइ महिना देखी गोरखकाली रवर उद्योगमा टाएर उत्पादन भएन

  1. dilu gurung
    June 2, 2013

    संचालक,स्टाफ,सामान्य कामदार देखि लिएर सबै स्वार्थी,लाचारी,चम्चागिरी,भ्रस्टचारी,मायोबादिको अनुयाई ,सरकारको मात्रै मुख ताक्ने भएपछी घाटामा गइ बन्द नभए के हुन्छ त ??
    गोर्खाकालिको जाबो सानो सामान्य ड्राइभर ले समेत आफ्नो छोराछोरीलाई बाइक,स्कुटी किनिदिने सामर्थ राख्छ के त्यो सोझो तरिकाली सकिन्छ त?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 2, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: