हरिराम उप्रेती
आवुखैरेनी ः आवुखैरेनीको उद्योग वाणिज्य संघको सभाहलमा शनिबार एन सेल सिम वेच्ने तरिकाको वारेमा एनसेल विक्रेताहरुलाइ जानकारी गराइएको छ । रेश्मा इन्टरप्राइजेज द्घारा अयोजाना भएको कार्यक्रममा लमजुङ, तनहुँ र गोरखाका करिव ७० एनसेल सिम वित्रेताहरुलाइ ग्राहकलाइ सिम वेच्ने र सिम कार्ड सम्वन्धि जानकारी गराइएको रेश्मा इन्टरप्राइजेजका दिपक थापाले जानकारी दिए । कार्यक्रममा एनसेल प्रतिनिधि महेष ढकाल, सगुन खड्की र रेश्मा इन्टरप्राइजेजका थापाले सिम विक्रेतालाइ सिमको वारेमा जानकारी गराएका थिए । सिम कसरी वेच्ने ग्राहकलाइ सीम को कुन कुन पक्षको जानकारी गराउने, सिमको फाइदा लगायतको वारेमा जानकारी गराइएको थियो ।