हरिारम उप्रेती
ः आवुखैरेनी , फोटो सहितको मतदाता नामावलि संकलन तथा नागरिकता वितरण कार्यक्रम अन्तर्गत आवुखैरेनीमा सोमबार र मंगलबार सम्ममा दुइ सय २९ नागरिकता वितरण गरीएको छ । सोमबार एक सय नागरीकता वितरण गरीएको छ । थियो भने मंगलबार एक सय २९ नागरीकता वितरण गरीएको आवुखैरेनी गाविस कार्यालयले जनाएको छ ।
तनहुँ जिल्लामा संचालिते नागरिकता वितरण तथा फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रम अन्तर्गत संचालन भएको कार्यक्रममा करिव तिन सय भन्दा वढीले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराएको गाविस सचिव बुद्घि प्रसाद भुसालले जानकारी दिए । दुइ दिन सम्म संचालीत कार्यक्रममा आवुखैरेनी लगायत आसपासका स्थानियहरुको उल्लेखनीउ सहभागीता रहेको छ । घर नजिकै नागरीकता वितरण भएपछि आवुखैरेनी वासी पनि खुसी भएका छन् । पहिलो दिन भन्दा दोस्रो दिन नागरीकता लिने र फोटोव सहीतको मतदाता नामावलिमा नाम दर्ता गराउनेको भिड लागेको भुसालले जानकारी दिनुभयो । मंगलबार साँझ सम्म पनि सेवाग्रहीको भिड लागेको थियो ।