कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २२ गते । हिजो साझ पख गोरखाको भूम्लीचोक गाविसमा भएको ट्याक्टर दुरघटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
भूम्लीचोक गाउ विकास समिति ४ मा ना.३ त ७१४४ नम्बरको ट्याक्टर दुरघटनामा परी भूम्लीचोक गाविस २ डाडा गाउका ४० वषिर्य भिम बहादुर चेपाङ्गको घटना स्थलमा नै मृत्यु भएको थियो । सोही दुरघटनामा परी घाइते भूम्लीचोक गाविस ४ का जिरमान दर्जी र २ का सुक बहादुर चेपाङ्गको भने स्थानिय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्कीएका छन ।
दुरघटना परी फरर भएका चालक रुपेश परियारलाई हिजै साझ प्रहरीले पक्राउ गरेको छ । चालकलाई आजै जिल्ला प्रहरी कार्यालय ल्याउने कार्यालयले जानकारी दिएको छ ।