Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखामा विद्युत अबरुद्व,जिल्लाको सवै संञ्चार माध्याम अवरुद्व, पानी वितरणमा समेत समस्या


कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २२ गते । गोरखा सदरमुकाम र वरपर हिजो राती देखी विद्युत विरतण लाइनमा समस्या आए पछि जिल्ला भित्र रहेका सवै संञ्चार माध्याम अवरुद्व भएको छ भने सदरमुकाममा पानी वितरणमा समेत समस्या आएको छ ।
हिजो राती देखी अचनक विग्रीएको आावुखैरेनी-गोरखा विचको ३३ के.भी.लाइनमा आएको समस्या अहिले सम्म पत्ता नलागेको विद्युत प्राधिकरण गोरखाले जानकारी दिएको छ । आावुखैरेनी देखी गोरखा सम्मको २४ किलो मिटर विचमा कहा के भएको हो भन्ने कुरा पत्ता नलाग्दा सम्म विद्युत सुचारु गर्न समस्या हुने कार्यालयले जनाएको छ । विद्युत अवरुद्व हुदा जिल्ला सदरमुकाममा पानी वितरण समेत समस्या आएको छ ।
विद्युत अवरुद्व हुदाा जिल्ला भित्र रहेको रेडियो गोरखा, रेडियो मनास्लु, गोरखकाली एफ.एम. र च्वाइस एफ.एम. समेत पुर्णरुपमा बन्द भएको छ । त्यस्तै गरी सदरमुकाम बाट प्रकाशित हुने दरौदी र सुरुवात दैनिक समेत प्रकाशन हुन सकेको छैन ।
आावुखैरेनी देखी गोरखा सदरमुकाम विचमा समस्या देखीएको भन्दै विद्युत प्राधिकरण गोरखाले विहानै देखी कर्मचारी खटाएरको भएता पनि समस्या पहिचान गर्न सकेको छैन । विद्युत अवरुद्व हुदा ल्याण्ड लाइन फोन र मोवाइलमा समेत समस्या देखीन थालेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 5, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: