हरिराम उप्रेती÷आवुखैरेनी
लियो क्लव अफ आवुखैरेनीले गरेका खुल्ला पुरुष मिनि म्याराथुन प्रतियोगीतामा गोरखाका अनुप खनाल पहिलो भएका छन् । कुल १० किलोमिटरको दौड ३३.१५ मिनेटमा पार गर्दै खनाल पहिलो भएका हुन् । त्यस्तै भैरवी दल गणका सोवित न्यौपाने द्घितिय भएका छन् उनले ३३.२० सेकेण्डमा निर्धारीत दुर पार गर्दै द्घितिय भएका हुन् । त्यस्तै गोरखाकै ज्ञान वहादुर ढाँकले ३४.२ मिनेटमा निर्धाइरीत दुरी पार गर्दै तितृय भएका छन् । त्यस्तै सोनाम सी तामाङ चौथो भएका छन् भने पाँचौ ललि बहादुर साउथ भएका छन् । शनिबार विहान आवुखैरेनीकोे वसपार्क बाट शुरु भएको दौड, आवुखैरेनी चोक, मनकामना चोक, नारी घाट गाविस भवन हुँदै पुन वसपार्कमा आएर सकिएको थियो । दौड प्रतियोगीतामा प्रथम द्घितिय र तितृय र सान्तवना हुनेले क्रमश आठ हजार, पाँच हजार ,तिन हजार, एक हजार र पाँच सय पुरस्कार सहित प्रमाणपत्र हात पारेका छन् । प्रतियोगीताको समापन कार्यक्रममा लायन विपिन मल्ल, चार्टर प्रेसीडेन्ट लाइन्स क्mलव अफ आवुखैरेनीका लियो प्रेम कुमार श्रेष्ठ, लायन राजाराम श्रेष्ठ, नारायण खत्रि, इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक श्याम वावु ओलिया लिायो क्लव अफ आवुखैरेनीनाका शिव मल्ल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम लियो क्लव अफ आवुखैरेनीका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको लियो क्लव अफ आवुखैरेनीका सचिव राजु श्रेष्ठले जानकारी दिए । प्रतियोगीताको समापन कार्यक्रममा प्रतियोगीतालाइ सहयोग गर्ने विभिन्न संघ संस्थालाइ प्रमाण पत्र समेत वितरण गरिएको थियो । यस्ता प्रतियोगीता आगामि दिनमा पनि संचालन गरीने लियो क्लव अफ आवुखैरेनीले जनाएको छ ।