Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

परिवर्तनको प्रयासमा छिम्केश्वरी


भगवान खनाल
चिनारी ः
महाभारत पर्वत श्रृखंलाको अग्लो मध्येको एक छिम्केश्वरी पहाडको उचाइ २ हजार ३ सय ५० मिटर उचाइ रहेको छ । भौगोलिक रुपले कठीन पहाड भएपनि टाढाचैं छैन । पृथ्वी राजमार्गको आँबुखैरेनी, बरादी, खानीखोलाबाट र डुम्रेबाट बन्दिपुर हुदै हिलेखर्कको बाटो भएर पनि यहाँ पुग्न सकिन्छ भने उता मुग्लिन नारायणगढ सडकको पाँचकिलोबाट पनि जान सकिन्छ ।sunrise from chimkessorri बषौैं पुरानो यस मन्दिरको अस्तित्व गोरखाको मनकामना जत्तिकै रहेको छ । मनकामना र छिम्केश्वरी मन्दिरलाई दिदी बहिनी भनिन्छ । यहाँबाट उत्तरतर्फका सम्पूर्ण हिमश्रृखंलाहरु सजिलै देख्न सकिन्छ भने मसर््याङदी उपत्याकाको शानदार तस्वीरलाई कैद गर्न सकिन्छ । टाकुरा घरविहीन छ । सिर्फ धेरै अघि बनेको पुरानो सानो मन्दिर छ । मन्दिरभित्र घोप्टो परेर बसेकी छिम्केश्वरीमाईको मूर्ति छ । फागुपूर्णिमा, नयाँसाल जस्ता दिनमा पूजाको लागि मानिसहरु आउने गर्छन भने विशेष भाक्कल गरेकाहरु अरु दिनहरुमा पूजाआजाको लागि जाने गर्छन् । बोका र पाठीको बली चढ्छ । एकदिनमै गएर एकदिनमै घर फर्किन सकिन्छ । टाढाका मानिसले एकरात बसेपनि जानी हुन्छ ।
विकासका कदम
छिम्केश्वरी डाँडाको परिसरको विकासमा केही प्रयासहरु भइरहेका छन् । सबैभन्दा उच्च कुरा चाहिँ यहाँको विकासमा नेपाल सरकारको आँखा परेको छ । सरकारी लगानी बितेका दुई तीन वर्ष यता भइरहेको छ । यो नै ठूलो कुरा भएको छ । partiksshalayaसरकारले यस ठाउँको विकासको लागि बाटो, बिजुलीदेखि अरु ससाना काममा पनि हात हालिदिएको छ । गाविस, जिविस र केन्द्र स्तरका सरकारी रकमले सडक बनाउने, गाउँमा खानेपानी, विजुली, प्रतिक्षालय, चौतारा, अतिथी गृह निर्माणका कामहरु भएका छन् । यी कामहरुले यहाँको दुर्गमतालाई केही राहत दिएको छ । यी कार्यहरु नयाँ र सुरुवाती काम मात्र हुन् । मनग्य छैनन् । दश बाह्र वर्ष अघि जिटिजेडले कामको लागि खाद्यान्न अन्तर्गत खनेको सडक र आँबुखैरेनी भाँगे हुदै बासपानीसम्म लगिएको बाटो जोडिन एक किलोमिटर पनि छैन । यी दुवै बाटो जोडिएपछि बन्दिपुर, हिलेखर्क र आँबुखैरेनी चक्रपथको रुपमा जोडिनेछ । तर, हिलेखर्कबाट छिम्केश्वरी आउने बाटोमा रहेको एक पहरा भने काम हुन बाँकी छ । यो पहरो अलि कठीन छ । chimkessorri mandir
राष्ट्रिय योजना आयोग मार्फत सालिन्दा छिम्केश्वरीमा थोरैतिनो रकम आउने वातावरण निर्माण भएको छ । जगदीशचन्द्र पोख्रेल योजना आयोगको उपाध्यक्ष भएको बखत केही राष्ट्रिय योजनामा रातो किताबमा पारिदिएपछि छिम्केश्वरी परिवर्तनको दिशामा उन्मुख छ । शहरी विकास तथा भवन डिभिजन निर्माण विभाग गोरखाले छिम्केश्वरीको समग्र विकासको लागि गुरुयोजना तयार गरेको छ ।laliguras at chinkessorri यो अर्को उच्चकोटीको उपलब्धी हो । यसै अनुरुप सालिन्दा यहाँको विकास कार्य भैरहेको छ । मन्दिर परिसरमा प्रतिक्षालय र ससाना तीनवटा चौतारा बनिसकेका छन् । यस वर्ष पनि ३ लाख ५० हजार बजेट परेको छ । यस रकमले मन्दिरको पश्चिम छेउमा रेलिङ बनाइने स्थानीय रुपमा गठित छिम्केश्वरी पर्यटन विकास पूर्वाधर उपभोक्ता समितिका अध्यक्ष देवीलाल गुरुङ बताउँछन् । पहिला भन्दा छिम्केश्वरीको अवस्थामा केही परिवर्तन भएको उनले बताए । उनी घरपरिवार नै त्यागेर गाउँको विकासमा अहोरात्र खटिरहेका छन् । गाविस, जिल्ला, क्षेत्र र केन्द्रमा देवीलालले छिम्केश्वरीको संस्कृति र समस्यालाई सँगसँगै पुराएका छन् । छिम्केश्वरीमा भएका केही नयाँ कामहरुमा देवीलालको कहिल्यै नभुल्ने योगदान रहेको छ । an unique house
बाटोको कारण पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि आँबुखैरेनी गाविसको बाँसपानीसम्म वर्तमानमा धुले, कच्ची तर फोर ह्विलको मोटर चल्ने सुविधा पुगेको छ । यही सुविधाको कारण यस वर्षको होलीमा गोरखा, मुग्लिन, डुम्रेबाट रिजर्भमा मानिसहरु छिम्केश्वरी मन्दिर दर्शन गर्न पुगेका थिए । यो सुखद पक्ष हो । एक दर्जन बढी मोटरसाइकल लाब्दी गाउँको फेदीमा पुगेका थिए । एक अतिथी गृह बनेको छ । यसकै आडमा अहिले नयाँ पसल पनि खुलेको छ । आँबुखैरेनी बजारबासीको सक्रियतामा दुईपटक छिम्केश्वरी महोत्सव सम्पन्न भइसकेको छ । माथिको मानिस तात्नुपर्नेमा तलका मानिसले छिम्केश्वरीको विकासमा सक्दो प्रयास गरिरहेको आँबुखैरेनी गाविसका पूर्व जननिर्वाचित अध्यक्ष ऋषी के. सी बताउँछन् । “उनीहरु तातेमा हामीलाई हिडाउँन पनि सजिलो हुन्थ्यो,” के.सीले भनें, “बीड मात्रै तातेर के गर्नु, पहिला त ताप्के नै ताप्नु पर्यो नी !”
छिम्केश्वरीको समस्या ः
स्थानीयहरुको दिनुहँको पलायनले छिम्केश्वरी समस्याग्रस्त छ । गाउँमा बुढाबुढी र बालबालिका मात्रै छन् । नयाँ र केही गरौं भन्ने भावनाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् । चेतनाको कमीले गर्दा यहाँको विकास अझै सोचेजसरी हुन सकेको छैन । तैपनि धीमा गतिमा बर्कतले भ्याएसम्म सोझा गाउँलेहरु केही गर्ने प्रयासमा छन् । उनीहरुले सरकारी योजनाहरुलाई सकेको साथ दिएका छन् । श्रमदान गरेका छन् । सीपका काममा आफैंले काम गरेका छन् ।
यसले हिजोहिजोको जस्तो दुरुहता अहिलेका दिनमा छिम्केश्वरी पहाडमा छैन । यद्यपी मन्दिरको अवस्था उस्तै छ । यहाँको प्राकृतिक सुन्दरताको रुपमा रहेको खासगरी लालीगुराँसको जंगल मासिदै गएको छ । यहाँका दुलर्भ प्रजातिका वनस्पतिहरुको पनि संरक्षण हुन सकेको छैन । भोलिका पुस्तालाई चिनारीको रुपमा जोगाएर राख्नुपर्ने र खासगरी वातावरणलाई संरक्षण गर्न वनस्पतिहरु जोगाउनु पर्छ । यसमा स्थानीयको होस खुलोस् ।
संभावना ः
छिम्केश्वरीमा आन्तरिक पर्यटनको संभावना भएपनि सोचेजसरी हुन सकेको छैन । यहाँको पर्यटन विकास गर्न जिल्ला पर्यटन विकास समिति तनहुँले केही प्रयास गरेको भएपनि त्यो प्रयास अझै सार्थक भएको छैन । छिम्केश्वरीमा हुने मकै र कोदो मात्र हो । मकैको च्याख्ला(भात) र लोकल कुखुराको रससँग खुवाउन पाएमा त्यो चिनारी बन्नेछ । यस्तै कोदोको ढिंडो, रोटी र रक्सी पनि चिनारी बन्नसक्छ । यसको लागि अरुको मुख ताक्नुपर्दैन । गाउँलेले खेती गर्ने र बनाएर खुवाउन जाने हुन्छ । यस्तै छिम्केश्वरीको साग र गुन्द्रक लाई बजारीकरण गर्न सकेमा पनि केही आम्दानी हुन्छ ।motorcycle-in-labdi लाब्दीको पाते सुर्ती उतिबेला ठोरीमा नुन लिन जान आउनेको रोजाइमा थियो । पाते सुर्तीको खेती अहिले दुर्लभ बनेको छ । राज्यको कानूनले छेक्दैन भने पाते सुर्ती खेती गर्दा स्थानीयको आम्दानी बढ्छ । कोदोको ढिंडो र लोकल कुखुराको मासुको साथमा गुन्द्रक र भट्मास साँधेको अचार मात्रै आगुन्तकलाई बेच्न सके त्यो पनि ब्रान्ड बन्न सक्छ । यसमा गर्ने उनीहरुले नै हो । यसमा स्थानीयको खासै ध्यान गएको छैन । बजारमा पाइने चाउचाउ, ढुंग्रे, पु्रmटी र बजारीया रक्सी बेचेर पहिचान बन्दैन । 164370_181067628600549_5603798_n (1)
उनीहरुलाई अतिथी सत्कार, भान्सा र बास सम्बन्धि तालिम आवश्यक छ । सफा खानेकुरा बनाउने तालिम दिनुपर्छ । मानिसको सरसफाइमा ध्यान दिनुपर्छ । कम घरहरु कम पनि न्युनतम सुविधा बढोत्तरी गरेर होमस्टे गराउन पनि सकिन्छ । like and share for promote chimkeshwori tourism

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 29, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: