Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीमा सामुदायिक अस्पतालको तरंग


भगवान खनाल
यहाँको मनकामना माइ सहकारीले केही महिना अघि आँबुखैरेनीमा सामुदायिक अस्पताल संचालनको लागि १ करोड रुपैयाँ लगानी गर्न आफू तयार रहेको बताएर अस्पतालको तरंग फैलायो । सधैं स्थानीयका गफमा मात्र सीमित अस्पतालको चाह मनकामना माइ सहकारीले पहिलोपटक औपचारिक रुपमा ल्याएको थियो । यो सकारात्मक र स्वागतपेक्षी कदम थियो । तर, यसको ठोस पहल कहीं कतैबाट भएको छैन । यसैगरी यस्तै कुरा करिब दुई महिना अघि यहाँको आँबुखैरेनी उपस्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटनको समयमा पनि प्रसंग चल्यो । गाविस सचिव बुद्धिप्रसाद भुषालले स्वास्थ्य मन्त्री राजेन्द्र महतोसँग सो चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्र बनाइदिन सरकारसँग माग राखे । यहाँको आवश्यकता चाहे सामुदायिक अस्पताल होस् वा हाल स्तरोन्नती भएको आँबुखैरेनी स्वास्थ्य चौकीलाई अझै स्तारोन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र बनाएर होस्, अस्पतालको रुपमा लैजानु पर्छ ।
पृथ्वी राजमार्गको मुग्लिनदेखि सत्रसयसम्म १८ किलोमिटर दुरी ओगटेको तनहुँको आँबुखैरेनी गाविसमा एक सामुदायिक अस्पताल संचालन गर्ने बहसले मूर्तता पाउन असंभव पनि छैन । अस्पताल संचालन गर्नको लागि चाहिने लगानी गर्न सक्ने श्रोत, जनसंख्या, क्षेत्र, अन्य पूर्वाधार तथा सुविधा र अन्य दृष्टिकोणले पनि यहाँ अस्पताल स्थापना गर्न र संचालन गर्न सहज छ । तर यसमा स्थानीयको चासोको कमी भने अहिलेपनि छ । स्थानीयको बढ्दो पलायन, केही हुने खानेहरु यहाँ बस्न नचाहनु, राम्रा र लोभलाग्दा युवापुस्ताले समाजको लागि भूमिका खेल्न नसक्दा राम्रा कार्यहरु हुन सकेको छैन । यहाँका राम्रा युवा पुस्ता खुलेर समाजको विकासको लागि आएको देखिदैन । यद्यपी अधिकांश माइग्रेटेड (चालिस, पचास वर्ष पहिले) आएकाहरुले यहाँको समाजलाई समृद्ध, सुन्दर र सफल बनाउन खेलेको भूमिका धेरथोर प्रशंनीय छ । यहाँ अन्यत्रबाट माइग्रेटेट भएर आउने क्रम पछिल्ला दुई दशक अतिनै छ । नयाँ आउनेहरुलाई घडेरी किन्ने, घर बनाउने र आफ्नो जीविकाको जोहो गर्नैमा व्यस्तता छ भने यहाँका रैथानेहरु र, धेरै वर्ष बसाइसरेर यहाँ आएर पुराना भएकाहरु यो ठाउँ छोड्दै पनि छन् । यसोहुदाहुदै पनि यहाँको विद्यमान समाज केही काम गर्नको लागि भने अत्यन्तै सहृदयी र सहयोगी छ । त्यसैले यसलाई फाइदाको रुपमा लिएर सामुदायिक अस्पताल स्थापनाको लागि घनिभूत छलफल गर्न आवश्यक छ । यदि कसैले वा केही मिलेर नीजि किसिमको अस्पताल ल्याउँदा पनि हुन्छ, यहाँका मानिसलाई कस्तो प्रकृतिको भन्दा पनि शुरुमा अस्पताल चाहिँ चाहिएको हो । अस्पतालले दिने सुविधा चाहिएको हो । सामान्य शहरी सुविधा दिन सफल भएपनि आँबुखैरेनीले अस्पतालको सुविधा दिन नसकेको प्रतित अहिलेसम्म सबैलाई भएकै हो । आँबुखैरेनीको समाज सचेत हुदाहुदै पनि यतिबेलासम्म अस्पतालको स्थापनाको बारेमा पछि परेको यथार्थलाई स्वीकार्नु पर्छ । भलै यहाँ एमविविएस र एमडी गरेका समेत चिकित्सकले आएर सेवा सुविधा दिएपनि ती सुविधा त्यति भरपर्दो पाइदैन । जति बेला चाहिन्छ त्यति बेलाझन् यहाँका चिकित्सकले सुविधा दिन सकेका छैनन् । यसैले अस्पतालले यस्तो आवश्यकतालाई पुरा गर्न मद्दत गर्छ ।

मानिसको माग पनि अस्पतालकै छ । तर, यसको पहलकद्मी लिने यतिबेलासम्म कोही नभएको पनि सत्य हो । माग गर्नेहरुले जनआवाज बोल्ने हुन् । उनीहरुले लगानी गर्न सक्दैनन् । उनीहरुले चाह राखेपनि नसक्ने आर्थिक सीमितताहरु छन् । उता अस्पताल खुलाउने भन्ने कुरा निश्चितनै स्वास्थ्य क्षेत्रमा लाग्नेहरु र खासगरी चिकित्सकहरुबाटै हुने हो । अरु सर्वसाधारणले त केही भरथेग मात्रै गर्ने हो । त्यसैले सहकारीले विषय उठान गरेको छ । सहकारीसँग लगानी गर्ने केही पैसा भएपनि यतिबेला उसले विषय उठान गर्नु नै महत्वपूर्ण छ । सहकारीले हाम्रा कुरा हैन राम्रा कुरा भन्दै समाजमा छरिएर रहेकालाई गोलबन्द पार्न सक्यो भने पक्कै पनि सामुदायिक अस्पतालको स्थापना टाढा छैन । यस बारेमा घनिभूत रुपले बहस, छलफल हुनुपर्छ । कुनै तरंग फ्याँकेर भन्दा पनि त्यसको सार्थकताको लागि काम हुनुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 23, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: