Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

खाद्य संप्रुभताको लागि साना सिंचाइ उपयोगी


भगवान खनाल
गोरखा भुङलीचोक–२, कामीडाँडामा एघार घर चेपाङको मात्र बस्ती छ । हिउँद लागेपछि कामीडाँडाका चेपाङहरु तरकारी खोज्न जंगल जान्थे । तर, कामीडाँडाका चेपाङहरुको तरकारी दैनिकी फेरिएको छ अहिले । गाउँमा साना सिंचाइ योजना पुगेपछि उनीहरु साँझ बिहानको तरकारी खोज्न जंगल हैन, करेसाबारी जान्छन् । बर्षायाममा सागसब्जी र घिरौंला लगाउने कामीडाँडाका चेपाङहरुको करेसाबारीमा अहिले बेमौसमी तरकारी समेत उत्पादन हुन्छ ।
दुवै सिजनमा बजारका गेडागुडी र तेल चामल बाहेक तरकारी किन्न नपरेको गोरखा ताङचीचोक–८, माथिल्लो दलभन्ज्याङकी माया आलेले बताइन् । “बजारको गाउँमा हैन,” मायाले भनिन्, “अब बजार तिर पनि लान सक्ने भएका छौं ।” water harvest tank in abugau at anbukhaireni vdc

उता तनहुँ आँबुखैरेनी–६, आँबुगाउँकी चमेली परियार अहिले बारीमै फलेको तरकारी
पकाएर बिहान बेलुकीको छाक टार्छिन् । केही समय अघिसम्म खुर्सानीसमेत बजारबाट किनेर खाने चमेलीको बारीमा अहिले हरिया साग सब्जी, काउँली र बन्दाकोपी फलेका छन् । चमेली मात्र हैन, आँबुगाउँका करिब एकदर्जन घर परिवार बजारको तरकारी भन्दा बारीमै फलाएको तरकारी खाने भएका छन् । आँबुखरेनीको रानागाउँ, भंगेरी, कोटगाउँ र पौवा गाउँमा साना सिंचाइले घरयासी प्रयोजनको लागि तरकारी खेती गर्ने शिक्षा र सीप दुवै दिएको कोटगाउँका मदन श्रेष्ठले बताए ।

छिटफुुट रुपमा वर्षे तरकारी लगाउने गाउँलेहरु साना सिंचाइ सुविधा पुगेपछि हिउँदमा पनि तरकारी उत्पादन गर्न सक्षम भएको सहास नेपालको गोरखा, तनहुँ र धादिङमा गत तीन वर्षदेखि संचालन भइरहेको इलिप परियोजनाका निर्देशक जीवनाथ शर्मा बताउँछन् । आफनै जमिन भएर पनि गाउँघरबासीले पनि बजारकै तरकारीको भर पर्नुपर्ने अवस्थाको अन्त्य साना सिंचाइले गरेको शर्मा बताउँछन् । हिजो बजारबाट काउँली, गोलभेडा, करेला,आलु लगायतका बेमौसमी तरकारी किनेर खानेहरु अहिले आफ्नै बारीमा उत्पादन गरी पाहुनालाई समेत कोसेली दिन सक्ने क्षमतामा पुगेको शर्माले बताए । मौसमी र बेमौसमी तरकारी लगाएर बारीमै फलाएको तरकारी खाने गाउँलेहरु बढेपछि खाद्य संप्रभुता पनि बढ्दै गएको देखिएको हो ।
बारीको सदुपयोग नगरी बजारको किनेर खाने प्रवृत्ति बढीरहेको बेला साना सिंचाइ, खानेपानी र प्लाष्टिक पोखरीबाट सिंचाइको थोरबहुत सुविधा भएपछि लहरे तरकारी खेती, लसुन, प्याज, काउली, करेला, भिन्डी, भेन्टा, गोलभेंडा र सागसब्जीको उत्पादन गाउँघरमा बढ्न थालेको पाइएको हो ।
सहासले स्थानीय पानीको श्रोतको पहिचान गरी त्यसको क्षमता अनुसार २ देखि १० घनमिटरसम्मको फेरोसिमेन्ट किसिमको ट्यांकी निर्माण गरेको छ । तीन वर्षको अवधिमा सहासले गोरखा र तनहुँमा गरी ३३ वटा साना सिंचाइ योजना, ५४६ खानेपानी योजना र केही प्लाष्टिक पोखरीको पनि निर्माण गरेको छ । यसबाट १५२ घर परिवार लाभान्वित भएका र ४८ हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 18, 2013 by in स्थानीय समाचार/local news.
%d bloggers like this: