Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मुडा बनाउँदै कैदी


भगवान खनाल
गोरखा
६२ बर्षिय लालबहादुर मगर गोरखा कारागारका सबैभन्दा पाका कैदी हुन् । कारागार भित्र उनको काम मुडा बनाउने र नाम्लो बुन्ने हो । बिहानदेखि साँझसम्म उनी बाँस काटिरहेका हुन्छन्, बाँसमा रंग लगाइरहेका हुन्छन्, डोरी बाटिँरहेका हुन्छन् । यो उनको सधैंको दिनाचार्या हो । muda banaudai kaidi
लालबहादुर जस्तै, च्याङली–७, माझीगाउँका रतिलाल कुमाल चार वर्षदेखि गोरखा कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागार परेपछि उनले मुडा र नाम्लो बनाउने सीप सिके । यसअघि अरु नै काम गर्दै जीविकोपार्जन गरेको बताउने कुमाल जेल परेपछि अरु कैदीले गरेको काम हेरेर मुडा बनाउन सिकेको बताउँछन् । “पुरानाले गरेको हेरेर जानेको हुँ,” कुमालले कारोबारसँग भनें, “अझै धेरै सीप सिक्न पाए हुन्थ्यो भन्ने लागेको छ ।” ढाकाका सामग्रीहरु बनाउने काम सिक्न पाए कारागारबाट रिहा भएपछि सजिलोसँग जीवनयापन गर्न सकिनेमा उनी आशावादी छन् ।
कुमालजस्तै पाँच वर्षदखि बन्दी जीवन बिताइरहेका विही–२ का तेन्जिङ गुरुङको दैनिकी पनि मुडा बनाउने र नाम्लो बुन्ने हो । अरुले बनाएको हेर्दाहेर्दै मुडा बनाउन सिकेका तेन्जिङ कारागारमा आफूलाई खानेखर्च आफैं जुटाइरहेको बताउँछन् ।muuda banaudai kaidi “कमाइ त त्यस्तै हो,” उनले भनें, “आफूलाई खानेकुरा किन्ने खर्च मुडाबाट हुने आम्दानीले पुगिरहेको छ ।” घरबाट खर्च ल्याएर खान नपरेको मुडा बुन्नेहरु केदीहरु बताउँछन् । साबुन, अण्डा, माछा मासु खान, कपडा किन्नको लागि खर्च पुगिरहेको उनीहरुले बताए ।
गोरखा कारागारमा रहेका पचास बन्दीले न कसैबाट सिकेका छन्, न कसैलाई सिकाएका छन् । तर पनि आधा सयको हातमा सीप छ । उनीहरुले काम गरेको दृश्य सुन्दर देखिन्छ । उनीहरु स्वतस्फूर्त रुपले केही काम गर्नुपर्छ र जान्नुपर्छ भन्ने भावनाले काम गरेको बताउँछन् । जेल परेभनेर हातमा रहेको सीप मारेर बस्न नहुने अर्का बन्दी केराबारीका नारायण ढकाल बताउँछन् । कामको लागि कैदी जीवनले केही फरक नपार्ने ढकाल बताउँछन् । “हाम्रो माग अझै विशेष किसिमका तालिमहरु पाउन पाए हुन्थ्यो भन्ने छ,” कैदीहरुले भनें ।
गोरखा कारागारको पुरुष बन्दी कोठामा रहेका १०१ जना मध्ये ५० जना बन्दीहरुको दिनाचार्य यसरीनै बित्ने गर्छ । जीवन पो अहिले पनि बन्दी अवस्थामा छ त ? हात र आँखा त खुलै रहेको छ नि, कारागारमा रहेपनि हातमा इलम भएकोमा कैदीहरु गर्व गर्छन् ।
कारागारमा कसले कहिले मुडा वा नाम्लो बुन्ने सीप प्रवेश गरायो भन्ने न त कैदीलाई नै थाहा छ नत जेल प्रशासनलाई नै । गोरखा कारागारका जेलर खेमराज ढकाल भन्छन्, “एउटाले गरेको देखेर अर्कोले पनि बुन्ने गरेका हुन् ।” “उनीहरुलाई अझै राम्रा तालिम दिए पाए भोलिको भविष्यमा केही गरेर खाने थिए कि,” ढकालले भनें, “तर कोही पनि उनीहरुको लागि तालिम दिन आएका छैनन् ।” मुडा बन्नको लागि चाहिने सामानहरु उनीहरु स्थानीय बजारबाट नै खरिद गर्छन् । डोरी, रंग, बाँस जस्ता चिजहरु खरिद गरेर ल्याएर उनीहरु मुडा बनाउने कार्य गर्दछन् । उनीहरुले बनाउने सामानहरु बेच्नको लागि खासै बजार जानु पर्दैन । खोप्लाङ–२, सिप्लिकानडाँडा घर भएका कारागार चौकीदार मानबहादुर भुजेल भन्छन्, “बन्दीहरुले बिहादेखि बेलुकीसम्म पनि काम गर्छन् । व्यापारीहरु .जेलमै आउँछन् र होलसेलमा खरिद गर्छन् ।” एउटा मुडाको ३ सय ५० देखि ६ सयसम्म बिक्री हुन्छ भने नाम्लोको बीस रुपैयाँदेखि ४० रुपैयाँसम्म बिक्री हुन्छ । उनीहरुलाई बाँसको भने समस्या छ । भनेजस्तो बाँस स्थानीय बजारमा नपाइनुले समस्या बनिरहेको छ ।
तालिम विना पनि कैदीहरुले सीपका कामहरु गरिरहेकोले तालिम पाएमा झनैं सीप सिकेर भविष्यमा व्यावसायिक हुन सक्नेमा आशावादी छन् । तर कैदीलाई कसले दिने तालिम ?
तस्बिरहरुः
गोरखा कारागारमा मुडा बनाउने काम गरिरहेका कैदीहरु । भगवान खनाल ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 14, 2013 by in national news.
%d bloggers like this: