Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अधिकृत बिक्रेताको केन्द्र बन्दै आँबुखैरेनी


भगवान खनाल

पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी बजार कम्पनीहरुको हब केन्द्र बन्दै गएको छ । विभिन्न वस्तु उत्पादक कम्पनीहरुले व्यापारिक केन्द्रको रुपमा आँबुखैरेनी रुचाइदै गएको लोकेशन बनेको छ । आँबुखैरेनीमा खाद्यान्न तथा पेयतर्फका देशका विभिन्न वस्तु उत्पादक कम्पनी करिब ९० प्रतिशत कम्पनीका अधिकृत बिक्रेताहरु रहेका छन् । यहाँ अहिलेसम्म ७१ वटा कम्पनीका १८ वटा अधिकृत बिक्रेता(डिलर)हरु स्थापित भइसकेका छन् ।
नयाँनयाँ कम्पनीहरु बजारमा आएसँगै आँबुखैरेनीमा डिलर स्थापना गर्ने क्रम बढीरहेको छ । गोरखा, तनहुँ, लमजुङ, धादिङ र चितवनको पृथ्वीराजमार्गको खण्डमा बजार प्रबद्र्धन गर्न कम्पनीहरुलाई सजिलो हुने र केन्द्रबिन्दुमा पर्ने हुनाले डिलर कायम गर्ने गरिएको आँबुखैरेनीका व्यवसायी हरिभक्त श्रेष्ठ बताउँछन् । यहाँ डिलर दिएपछि यी जिल्लामा उनीहरुको वस्तुहरुको बजारीकरण गर्न कम खर्चिलो पनि पर्ने श्रेष्ठले बताए । क्ष्आँबुखैरेनी तीन दशकदेखि डिलरको केन्द्र बन्दै आएको छ ।
अन्य जिल्लामा सजिलोसँग बजार प्रवद्धर्न गर्न सकिने भएकोले कम्पनीले आँबुखैरेनीमा अधिकृत बिक्रेता चयन गर्नुको प्रमुख कारण रहेको श्रेष्ठ तर्क गर्छन् । आँबुखैरेनीमा डिलर राखेर तनहुँसँगै छिमेकका चारवटा जिल्लामा बजार प्रवद्र्धन गर्न सकिने भएकोले कम्पनीहरुले आँबुखैरेनीमा डिलरको चाह राख्ने र स्थापना गर्ने गरेको एसियन थाइफुड्सका एसिया सेल्स मेनेजर प्रनील श्रेष्ठ बताउँछन् । कम्पनीको पाइलटिङमा आँबुखैरेनी पनि हब लोकेशनमा पर्ने गरेको प्रनील श्रेष्ठले दाबी गरे । एयिसन थाइफुड्सको बार्षिक करोबार ४ देखि साढे चार करोड रहेको उनले बताए ।
सुरक्षा, सजिलो आवतजावत, जनसंख्याको चाप र गाउँगाउँमा पनि सडक जानुले आँबुखैरेनी झनै डिलरहरुको केन्द्र बिन्दुको रुपमा रहेको छ । दश वर्षे द्धन्दमा पनि कुनै पनि अधिकृत बिक्रेतालाई कुनै नकारात्मक प्रभाव नपुराएको हरिभक्त श्रेष्ठ बताउँछन् ।
कम्पनीहरुले बजारबाट पाउने गरेको मुनाफाले पनि आँबुखैरेनी डिलरको सबैभन्दा हब स्थान भएको हो । सबै डिलरहरुको गरेर यहाँको बार्षिक कारोबार डेढ अर्बभन्दा बढी रहेको छ । कम्पनीहरु केही पहिले ५० लाखसम्म पनि उधारोमा दिएर डिलर कायम गर्ने गरेकोमा अहिले उधारो दिन छाडेको देउरालीका व्यवसायी चिरन श्रेष्ठले बताए । नगद प्रवाह, बैंक ग्यारेन्टी विना कम्पनीहरुले डिलर दिन नचाहने पनि चिरन बताउँछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 31, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: