भगवान खनाल
गोरखा, १० पुष
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले देशको राजनितिक अवस्था यस्तै रहे दैनिक १० हजार युवा विदेशिन वाध्य हुने बताएका छन् । देशको राजनितिक अवस्था अस्थिर भएकोले राजगारीको समस्याले अहिले दिनहुँ ३ देखि ५ हजार युवा विदेशिने गरेको भन्दै उनले यस्तै अवस्था विद्यमान रहे १० हजार युवा बाहिरिन बाध्य हुने बताएका हुन् । आठौं गोरखा महोत्सवको मंगलबार गोरखा सदरमुकामस्थित रंगशालामा समुद्घाटन गर्दै अध्यक्ष वैद्यले राजनीतिक दलहरुलाई देशमा राजनितिक स्थिरता कायम गर्न र आर्थिक समृद्धिका क्रियाकलापहरु अघि बढाउन आह्वान गरें ।
उनले उद्योग वाणिज्य महासंघको धारणा राजनितिक सहमतिको लागि राष्ट्रिय सहमतिको सरकार र राष्ट्रिय सहमतिको सरकार निर्वाचनको लागि आवश्यक रहेको बताए । उनले आर्थिक विकासमा महिला उद्यमीहरुको पनि भूमिका हुने भएकोले उद्योग वाणिज्य संघहरुले महिला उद्यमीहरुलाई पनि माथि उठाउन भूमिका खेल्ुन पर्ने बताए ।
सोही अवसरमा शुभकामना मन्तव्य दिदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले आर्थिक रुपमा त्यति धेरै लगानी गर्न नसकिएको बताए । निजी क्षेत्रले जोखिम मोलेर आर्थिक क्षेत्रलाई अघि बढाएपनि बढाएको भन्दै उद्योग व्यवसाय अप्ठेरो र जोखिमपूर्ण अवस्थामा रहेको बताए । जनतको समृद्धिको लागि उद्योग, अर्थतन्त्र अघि बढाउन राजनितिक दलहरुसँग आग्रह गरें ।
यसै गरी महोत्सवको शुभकामना दिदै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योगी व्यवसायीहरु जनतको आम्दानी बृद्धि कसरी गर्ने र आर्थिक हैसियत कसरी बृद्धि गर्ने भनेर लागेपनि सिंहदरबारले नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्न नसकेको आरोप लगाए । नेपाली जनताको समृद्धिमा, आर्थिक स्तर बृद्धिमा व्यवसायी चिन्तित रहेको बताए ।
उद्घाटन अवसरमा मन्तव्य दिदै उद्योग वाणिज्य संघका अध्यक्ष भगतबाबु जोशीले जिल्लाको कृषि, पर्यटन र जडीबुटीलाई विशेष प्राथमिता दिैदै आठौं गोरखा महोत्सवको आयोजना गरेको बताए । आठौं गोरखा महोत्सवको समुद्घाटन अवसरमा पोखरा उवासंघका अध्यक्ष संजिवबहादुर कोइराला, गोरखा उवासंघका पूर्व अध्यक्ष अच्युतलाल श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ, एमाओवादीका रामबहादुर ढकाल, काँग्रेसका सुकदेव दुवाडी, एमालेका विश्वेश्वर कट्टेल र नेकपा माओवादीका पर्शुराम रम्तेल, निमित्त प्रजिअ डोलराज ढकाल, स्थानीय विकास अधिकारी महेश बराल, गोरखा नगरपालिकाका कार्यकारी अधिकृत दिनेशराज पन्त, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष टेकबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा जिल्लाका विभिन्न साँस्कृतिक समूह, संघसंस्थाले झाँकी प्रदर्शन गरेका थिए ।
महोत्सवमा विभिन्न एक सय स्टलहरु, खाना महोत्सव र बाल उद्यान राखिएको छ । यसैगरी हेलिकोप्टरले जिल्लाका पर्यटकीय स्थानहरुको अवलोकन गर्न सकिने छ । पुष १६ गतेसम्म चल्ने महोत्सवमा दुई करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
तस्बिर ः भगवान खनाल / कैलाश बावु श्रेष्ठ