Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पाउरोटी उद्योगमा पैंतिस वर्ष


भगवान खनाल
भारतीय नागरिक दशरथ सहनी पैंतिस वर्ष यता नेपालमा छन् । भिनाजुसँग सात वर्ष कलिलो उमेरमा विहारको वैशालीबाट तनहुँको आँबुखैरेनी आएका सहनी यतै कर्म गरिरहेका छन् । तीस वर्षसम्म उनले आँटा, मैदा मुछ्ने, पाउरोटी भट्टीमा आगो लगाउने लगायत पाउरोटी र पाउरोटीका परिकार बनाउने काममा उनै भिनाजुको काम जागिर खाए । पाँच वर्षयता भने उनी आफैं पाउरोटी उद्योग चलाउँछन् । भारतीय भएकोले अर्काले दर्ता गरेको लाइसेन्समा दशरथ दिनमा पन्ध्र घण्टा पाउरोटी बनाउने काममा संलग्न हुन्छन् ।
“बजारमा धेरै पाउरोटी उद्योग छन् त्यसैले प्रतिस्पर्धा धेरै छ,” सहनीले भनें, “धरै कमाउन त गाह्रो छ ।” उनको बेकरीमा दिनमा ५०देखि १ सय किलोग्रामसम्म मैदा खपत हुन्छ । आफ्नो नागरिकता नभएपनि घरबेटीले दर्ता गरेको धनलक्ष्मी पाउरोटी उद्योग संचालन गरिरहेका छन् सहनी । अर्काको नामको उद्योग भएकोले परिकार बनाउने, त्यसको सरसफाइ गर्ने र गुणस्तरमा औधी ध्यान दिएको सहनीले बताए । सहनीकि श्रीमतिले भनिन्, “हे भगवान मेरो खाएर कसैलाई केही नहोस् ।” उद्योगमा बेलाबखत अनुगमन पनि भइरहेको सहनीले बताए । “अहिलेसम्म दुईपटक दमौलीबाट कर्मचारी आएर हेरेका छन्,” सहनीले भनें, “मेरोमा सबै ठीक छ ।”
पैसा कमाउन भन्दा पनि समय चाहिँ राम्ररी बित्यो । पाँच वर्षयता अलिअलि गर्दै पाउरोटी उद्योगका लागि चाहिने उपकरणहरु जोड्दै काम गरिरहेको सहनी बताउँछन् । उनले तीनचार जनालाई रोजगारी पनि दिएका छन् । “उतै(भारतीयहरुले) तिरका मानिसले काम गरेका छन् थोरै तलबमा,” सहनीले भनें । दाउरा बर्षैपिच्छे महँगो हुदै गएको उनी बताउँछन् ।
उनले पाउरोटी आँबुखैरेनी गाविसभित्र मात्र होइन छिमेकी जिल्ला गोरखाका एकदर्जन स्थानसम्म पुराउने गरेका छन् । गोरखाको लक्ष्मीबजार, अबुवा, छेपेटार, दशकिलो, बाह्रकिलो, तेह्रकिलो, चोरकाटेसम्म मोटरसाइकलमा राखेर पाउरोटीको बजारिकीकरण गरिरहेका छन् । “प्रतिस्पर्धा छ, वरपरमात्रै बेचेर लगानी उठ्दैन,” उनले भनें, “माग अनुसार २०÷२५ किलोमिटर टाढासम्म पनि पुराउने गरेको छु ।” दुईवटा ठेलाले आँबुखैरेनीबजार वरपर बिक्री गर्दै आएका छन् । उनी यही पेशालाई सकेसम्म निरन्तरता दिने बताउँछन् । गर्दै जाउ समय र भाग्यले कहाँ पुराउँछ, सहनी भन्छन्, दुःख र मेहनेत गर्न छोड्दिन । उनले पुरानो घर मर्मत गरेर उनले काम चलाइरहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 16, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: