Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आमा


एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा आँखा भएको आमासँग बस्ने गर्दथ्यो । हरेक दिन ऊसको आमाले उसलाई स्कुल पुर्याउन जाने गर्थिन । उसका सबै साथिहरूले उसलाई गिज्याउने … गर्दथे र कोहि पनि उसंग साथि बन्न खोज्दैनथे । उनिहरुले उसको आमलाई “कानी” भनेर बोलाऊँथे । साथीहरुको घ्रिणाले गर्दा ऊसको दिमाग्मा नकारात्मक छाप बस्न गयो र आफ्नै जन्म दिने आमलाई घ्रिणाको दृष्टिले हेर्न थाल्यो । त्यसैले उसले कडा मेहेनेत गर्यो, राम्रो सँग पढ्यो, शहर प्लायन भयो र उतै घरजम गरेर बस्यो । उस्को आमाले लाख कोशिश् गर्दा पनि उ फर्किएन । केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई भेट्न आँफै जाने निदो गरिन । अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले ढोका खोल्यो र रिसाउँदै भन्यो- छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई म यति घ्रिणागर्छु की म आफै ब्यक्त गर्न सक्दिन । उसका छोरा-छोरीहरूले ती आँखा नभएकी बुढी बजैलाई देखेर भने- छोरा-छोरी: बाबा को हो यो आँखा नभएको राक्षस जस्तो #??? यो सबै देखेर ऊसको आमा त्यहाँ बाट फर्किन र धेरै बर्ष पछी उसलाई एउटा खबर आयो की ऊसको आमाले यो संसारलाई सधैंको लागि त्याग्न पुगिन । उसको आमाले उसलाई एउटा चिट्ठी छोडेकी थिइन जसमा लेखिएको थियो– आमा: प्रिय छोरा मलाई थाहा छ की तिमी मलाई एकदम घ्रिणा गर्छौ किनभने मैले गर्दा तिमीलाई धेरै दु:ख भयो । तर तिमीलाई थाहा छ मैले कसरी आफ्नो आँखा गुमाएँ ? जब तिमी सानो थियौ हाम्रो एउटा घातक गाडी दुर्घटना भएको थियो । तिम्रो बाबाको घटना स्थल मै मृत्यु भयो र तिमी बेहोसी अवस्थमा थियौ । तिम्रो एउटा आँखा गुमेको थियो त्यसैले मैले मेरो एउटा आँखा तिमीलाई दिएँ ताकि तिमी आफ्नो सामान्य जीवन बिताउन सक्नेछौ । मैले तिमीलाई सधैं माया गरेकी छु छोरा । बिगतमा जे भयो सो भयो बिर्सिदेउ सबै कुरा । तिम्रो जीवन् फलोस् फुलोस यहि छ मेरो शुभकामना….. “तिम्री आमा”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on November 7, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: