Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पर्यटकीय संभावना बोकेको आँबुगाउँ


अनिल श्रेष्ठ

आँबुगाउँ आँबुखैरेनी बजारको विकास र विस्तार हुनुभन्दा अघिको पुरानो गाउँ हो । आँबुखैरेनीको अधिकांश नेवार र खत्री समदायका परिवारको पुरानो थातथलो आँबुगाउँ हो । आँबुखैरेनी उनीहरुका बेसी थिए । आँबुखैरेनीका विशाल कृषि र खेतीयोग्य फाँटहरु यिनैका थिए । उबेलाको आँबुखैरेनी अहिलेको जस्तो आँबुखैरेनीको नामले एकिकृत थिएन । त्योबेला यो पुरै फाँटको भिन्न नामहरुको अस्तित्व थियो । चिसापानी, मझुवा, ढाँड, खहरे, खत्रीगाउँ, गाँडापानी, हाँडेपानी आदि यी फरक फरक नामहरुको फरक फरक भूगोल र पहिचान थियो । खयरका ठूल्ठला रुखहरुले भरिएका मस्र्याङ्दी नदी छेउछाउका यी फाँटहरु उबेला औलोको डरले मान्छेहरु बस्न पनि डराउँथे । गाउँको ठाँटीमा बसेर बूढाहरु तल फाँटमा बाघ कराएको र बाघले गाईवस्तूु लखेट्दै मस्र्याङ्दी किनारहरुतिर दौडिरहेको हेर्थे रे । अहिले भने आँबुखैरेनीका फाँटहरु मान्छेहरुको आवादीले भरिसकेका छन् । २०२५/२६ सालमा यो फाँटलाई छोएर पृथ्वी राजमार्गको सडक निर्माण भएपछि यो ठाउँ शहरीकरणतिर तिव्र छ । तर सडकले आँबुगाउँलाई भने विस्थापित गरिदिएको छ । आँबुगाउँ र यस वरपरका कोट, ज्यामसरा, अदुवाखर्क, आदि गाउँहरु खालि बनेका छन् ।
केही बर्षदेखि यता आँबुखैरेनीको शहरीकरण तीव्र छ । घरहरु बन्ने क्रम बढ्दो छ । घडेरीको मूल्य दिन दुगना रात चौगुना छ । सडक, शिक्षा,स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधारहरु सहज र सूुलभ छ । यहाँको बजार ठूला व्यापारीहरुको व्यापारको डिलरकेन्द्रहरु बनेको छ । धादिङ्ग, तनहँ, लमजुङ्ग र मनाङ्गका विकट भेकसम्म यहाँको सिधा व्यापार सम्बन्ध गाँसिएको छ । यसकारणले पनि यसलाई व्यस्त बजारको रुपमा विकास गरेको छ ।
आँबुखैरेनीको शहरीकरणको तीव्रता सँगसँगै आँबुगाउँको विकासको संभावनाहरुलाई पनि अहिले आएर बढ्दै गएको देख्न सकिन्छ । भलै आँबुखैरेनीसम्म यसको पहुँच भने अझै पुग्न सकेको छैन । धेरैको ध्यान त्यतातिर अझै पुगिसकेको पनि छैन । तर पनि यस गाउँको विकासको संभावनाहरुको मार्गप्रसस्त भने बनिसकेको छ– विशेष गरेर पर्यटकीय क्षेत्रको रुपमा । यस गाउँको पुनरुत्थान भनेको अब पर्यटकीय विकास, विस्तार र यसको प्रर्वद्धन नै हो । छिम्केश्वरी क्षेत्रलाई तनहुँ जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने जिल्ला विकास समिति तनहुँको गुरुयोजना र नेपाल सरकारले यसमा देखाएको तत्परता र क्रियाशिलताले यसको चौतर्फी विकासलाई खोलिदिएको छ । भर्खरै मात्र साना शहरी विकास योजना, भौतिक डिभिजन कार्यालय, गोरखाले क्रियान्वयात्मक रुपमा यसको कार्य थालनी गरिसकेको छ र यसको प्रारम्भिक अध्ययनको कार्य सकिसकेको छ । यस सन्दर्भमा पनि आँबुगाउँको महत्वलाई बुझ्न सकिन्छ । किनकि आँबुगाउँ छिम्केश्वरी क्षेत्रको प्रवेशमार्गको रुपमा रहेको छ ।
आँबुगाउँको महत्वलाई बुझ्नु पर्दा मैले दुईवटा कुराहरुलाई बुझेको छु । पहिलो, यो गाउँ छिम्केश्वरी क्षेत्रभित्र प्रवेश गर्ने पहिलो द्धार हो । यो पहिलो विश्राम स्थल हो जहाँबाट दक्षिणतिर रहेको छिम्केश्वरीको अग्लो पहाडलाई नजिकैबाट दृष्टिगोचर गर्न सकिन्छ । दोस्रो, यो गाउँ एउटा यस्तो ‘भ्यु प्वाइन्ट’ हो जहाँबाट उत्तरतिर रहेको आँबुखैरेनी बजार, मस्र्याङ्गदी नदी, तरेली परेका डाँडाहरु, गोरखा सदरमुकामका बजारहरु र लस्करै रहेका सुन्दर र मनोरम हिमश्रृङ्गखलाहरुलाई सजिलै अवलोकन गर्न सकिन्छ । यहाँको चिसो र शितल हावापानी र कुहिरो खेलिरहने नजिकैका डाँडाहरुको आनन्द छुट्टैै छ । आँबुखैरेनीबाट पैदल हिँडेर २०/२५ मिनेटको दक्षिणतिरको उकालो उक्लेपछि झण्डै सानो उपत्यका जस्तो लाग्ने यो गाउँ ५०/६० घर परिवारको बसोबास रहेको छ । हिँउदमा भने मोटरसाइकल र जीपको सहजै आवागमनले हिँड्न गाह्रो हुनेहरुको लागि मोटर यात्रा त्यति असहज हुनेछैन ।
भौगोलिक र प्राकृतिक रुपले त्यति विकट र जटिल नभएपनि यसको विकासको संभावनाहरुप्रति भने मान्छेहरुको उति ध्यान गएको देखिँदैन । यस गाउँको विकासको लागि केही सचेत प्रयासहरु हुनु जरुरी छ । केही ठूला पर्यटन व्यवसायी र पर्यटकीय क्षेत्रमा ज्ञान भएका मान्छेहरुको लगानीलाई आकर्षित गर्न सके यस क्षेत्रको विकासको संभावनाको अर्को ढोका खोल्न सकिन्थ्यो । जसरी नेपालको आन्तरिक र बाहय पर्यटकीय स्थानको रुपमा नगरकोट,सराङ्गकोट, बन्दीपूर, भेँडेटार आदि नामहरु प्रख्यात छन् त्यसरी नै आँबुगाउँको पर्यटकीय विकासको संभावनाहरु पनि प्रसस्त छन् । खाँचो छ लगानीको र सचेत प्रयत्न र प्रयासहरुको ।

Advertisements

One comment on “पर्यटकीय संभावना बोकेको आँबुगाउँ

  1. ranjit malal
    September 27, 2012

    Nice Article !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 19, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: