भगवान खनाल
चिकित्सक र कानूनविद्को विज्ञापन गर्न पाइँदैन । यदि गरिएको छ भने त्यो गैरकानूनी हो । तर चौथों अंग नियमलाई चुनौति दिदै खुला रुपमा चिकित्सकको विज्ञापनमा उत्रिरहेका छन् । खासगरी मेडिकल हल अस्पताल वा नसर्िङ घरहरुले व्यापारको लागि विज्ञापनमा चर्को स्पर्धा गरिरहेका छन् । । समाजलाई अन्धो बनाएर यस्ता संस्थाहरुले गर्ने गरेको विज्ञापनले समाजलाई प्रभावित बनाइरहेपनि कसैले आवाज उठाएका छनैन्न् । डाक्टर र कानुनविद् भनेका कम्पनीबाट उत्पादित वस्तु हैन जसको जहाँ जसले जति बेला जसरी चाह्यो विज्ञापन गर्न पाइन्छ ।
एउटा डाक्टर उत्पादन हुन तिसौं लाख खर्च होला तर उसको विज्ञापन तीस रुपैयाँको आलुको झैं गरिएको छ । के यसबाट चिकित्सक आफैंमा सन्तुष्ट छ के उसलाई आफ्नो विज्ञापन भैरहेको थाहा छ वा उसले आफैंले विज्ञापनमा नाम भजाँउन अनुमति दिएको छ यदि उसले अनुमति दिएको छ भने उसको लाइसेन्स नेपाल मेडिकल काउ_िन्सलले खारेज गर्नुपर्छ । उता मेडिकल फर्माहरुले यसरी भँजाउने नाममा चिकित्सकले जानकारी राख्न नसक्नु उसको नालयकिपन हो । चिकित्सक भनेका बजारका आलु प्याज हैनन् जसको बजारभाउ उतारचढाव भइरहन्छ । कानूनत उनीहरुको लागि विज्ञापन गर्न पाइन्न ।
आफ्नो मेडिकल वा स्वास्थ्य संस्था स्थापित गराउन विज्ञापनको चाहना हुनु त्यतिधेरै नराम्रो नहोला जति संचार माध्यमले नै आफ्नो आम्दानीको लागि प्रचलित संचार नियमलाई उल्लंघन गर्छन् । संचार मन्त्रालयले संचार संस्थाको अनुगमन नगर्दा दूरदराजका ग्रामीण नागरिकहरु उनीहरुले गर्ने विज्ञापनको भ्रममा परेका छन् । फलानो विशेषज्ञ फलानो डाक्टर यो दिनयो बार आउने भन्ने विज्ञापन खासगरी पि्रुक्वि_िन्स मोडुलेशनका रेडियोबाट र स्थानीय टेलिभिजन र पत्रपत्रिकाबाट अति साह्रै हुने गरेको छ । त्यस्ता विज्ञापनमा भनिए अनुसारका डाक्टर सक्कली वा नक्कली के हुन् विज्ञ वा विना विज्ञ हुन आउँछन् आउँदैनन् भन्ने जस्ता सवालमा कसैले पनि नियमन गर्न सकेको छैन । डुम्रेको संजिवनी फर्मा खैरेनीको गोरखकाली पोली क्लिनिक र लाइफ केयर मेडिकल दमौलीको रत्नहरी मेमोरियल अस्पतालले यसरी विज्ञापन बजाइरहेका छन् ।
चर्को शुल्क लिने दाउँमा टाढाबाट नाम चलेका डाक्टर आउँछन् भनेर बिरामीलाई भ्रममा पार्नु उनीहरुको मुख्य दाउ चाहिँ हो । यसरी विज्ञापन गर्ने वा विज्ञापननै नगरी नक्कली चिकित्सक राखेर काम गराउने स्वास्थ्य सम्बद्ध संस्थाको जिल्ला जनस्वास्थ्य कार्यालयले पनि अनुगमन गरेको पाइदैन । प्रतिबन्धित औषधीको खुलेआम बिक्री बितरण भैरेहेको छ । अनुगमनमा आउने कर्मचारीलाई मासिक वा बार्षिक नजराना चढाएर त्यस्ता संस्थाले खुलेआम काम गरिरहेको पाइन्छ । अनुगमन आउने कर्मचारी कसैको मोलाहिजामा परी सरकारी राजश्व ठगी गर्नु भ्रष्टाचार हो । यसरी राजश्व ठगी गर्ने कर्मचारीलाई कानूनी दायरामा ल्याएर कार्वाही गर्नुपर्छ । खै प्रशासन पनि यस विषयमा मौन छ । एउटाको लाइसेन्समा अर्कोले भाडामा लिएर मेडिकल चलाउनु परिवारमा एकले विज्ञता लिएको आधारमा अरुले पनि औषधउपचार गर्नु र बेच्नु सर्वथा निन्दनीय छ । यस्ताले नै चर्को कमाउने सपना देखेर विज्ञापनको सहायता लिएका हुन् । यस्ता संस्थाबाट गरिने उपचार पद्धतिबाट यदाकदा आइपर्ने खतराको मूल्य बढी चुकाउनु पर्ने पनि हुन्छ । यस्तो खतरा बाजा बजाएर आउँदैन ।
यदि हाम्रॊ गाउ ठाउमा कुनै स्वास्थ्य शिविर हुदैछ भने त्यसमा आउने डाक्टरहरुकॊ प्रचारप्रसार जनचेतनाकॊ लागी गर्नु राम्रॊ हॊ। जहासम्म मेडिकलकॊ कुरा छ,उनीहरुले नि आफ्ना मेडिकलमा डाक्टर आउने कुराकॊ प्रचारप्रसार गरेर सर्वसाधारणलाइ जानकारी गराउनु धेरै राम्रॊ हॊ तर त्यॊ प्रचारप्रसार सत्य तथ्य हुनु आवश्यक छ र यसकॊ अनुगमन सम्बन्धित निकाय र स्वंयम संचार माध्यमहरूले गर्नुपर्छ। उपचार गर्ने ठाउ थाहा नपाएर अकालमा मर्नुभन्दा त प्रचारप्रसार गरेकॊ डाक्टरसंग उपचार गराएर स्वास्थ्य लाभ लिनु वेश हुन्छ।