भगवान खनाल
गोरखामा एक करोड रुपैयाँ लगानी गरेर होटल निर्माण गरिएको छ । गोरखा नगरपालिका- ४ पदेलथोकमा भर्खरै निर्माण सम्पन्न गरी होटल बृन्दावन संचालन ल्याइएको हो । गोरखाबजारका पुराना कपडा व्यापारी थीरभक्त श्रेष्ठले जिल्लाको पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले होटल स्थापना गरेका हुन् ।
स्तरिय होटलको अभावमा जिल्ला आएका पर्यटकहरु बस्न खानको लागि मुग्लिङ आँबुखैरेनी चेरेश गएको देख्दा साह्रै मन छोएपछि सुविधाको लागि होटल बनाएर छोड्ने अठोट गरेको उनले बताए । उनले दुई दशक अघिदेखि होटल जग्गा किनेर राखेको भएपनि तीन वर्ष अघि चाहिँ होटल बनाउन शुरु गरेका थिए ।
गोरखामा घुम्ने आउने आन्तरिक र बाह्य पर्यटकलाई सुविधा दिने उद्देश्यले होटल संचालन ल्याएको संचालक श्रेष्ठ बताउँछन् । ूकमाउने भन्दा पनि सुविधा दिनु नै पहिलो काम होू उनले भनें ूमेरो काम देखेर अरुले पनि होटल खोलुन भन्ने चाहेको छु ।ू जिल्ला बाहिरका बजारमा जति मुल्यमा खानेकुरा खुवाइन्छ उतिमै उनले पनि खुवाइरहेका छन् । करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा तेह्रवटा सुविधा सम्पन्न कोठाहरु छन् । बाँकी जग्गामा रिसोर्ट खुलाउने योजना रहेको उनले बताए । होटलमा बसेर गएकाले साथीभाइलाई मुखले प्रचार गरिरहेकाले होटलको भविष्य राम्रै हुने कल्पना गरेका छन् श्रेष्ठले । सतिपिपलहुदै गोरखकाली मन्दिर जाने बाटो पींच हुनसके आवतजावतमा सजिलो भई होटलमा पाहुनाहरु आउजाउ गर्न सजिलो हुने संचालक श्रेष्ठ बताउँछन् ।
होटलले आफ्नै जमिनमा उत्पादन गरेको अग्र्यानिक तरकारी खुवाउने गरेको छ । साग लौका घिरौंला गाँजर मुला सिमी धनियाँ खुसा्रनी अदुवा हलेतो लगायतका तरकारी र तरकारीजन्य वस्तुको उत्पादन प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिन्छ । मासुको लागि केही समयमा स्थानीय जातको कुखुरा पाल्ने सोचाइ रहेको श्रेष्ठले बताए ।
होटल गोरखा बसपार्कबाट करिब करिब चार किलोमिटर दुरीमा मनोरम र शान्त वातावरणमा अवस्थित छ । होटल गोरखकाली मन्दिर र शाहवंशीय राजाहरुको गुरु थलो गोरखनाथ मन्दिर नजिकै रहेको छ । होटलको काखमा रानीवन रहेकोले त्यहाँको प्राकृतिक सुन्दरता र उत्तरतर्फको हिमाली भुदृश्य सजिलै विचरण गर्न सकिनेछ । माछापुच्छे्र मनासलु लगायत विभिन्न हिमश्रृखंलाहरु देख्न सकिन्छ । एकान्त र प्राकृतिक वातावरण रहेकोले अध्ययन अनुसन्धान र सोधखोजमा लागेकाहरुलाई पनि होटलको वातावरणले सजिलै आकर्षित गर्छ । नेपालमा नै दुलर्भ रहेको गोलसिमल भनेर आवाज निकाल्ने चराको आवाज समेत होटलमा बस्दा सुन्न पाइन्छ ।